Home / Feature Breaking news / आजदेखि सत्ता गठबन्धनको सातै प्रदेशमा भेला, कहाँ कहिले ? (तालिकासहित)

आजदेखि सत्ता गठबन्धनको सातै प्रदेशमा भेला, कहाँ कहिले ? (तालिकासहित)

पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ । गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरामा भेला हुनेछ । भेला ११ बजे हुनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।

भेलाका लागि गठबन्धनको कार्यतालिका :
१. कात्तिक ४ गते – पोखरा, ११ बजे
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*