Home / Feature Breaking news / प्रहरीमा बढ्यो कोरोनाको जोखिम, १२ सय २८ जना संक्रमित

प्रहरीमा बढ्यो कोरोनाको जोखिम, १२ सय २८ जना संक्रमित

काठमाडौं । प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय २८ पुगेको छ । जसमध्ये ७८० जना सक्रिय संक्रमित छन् । ४४८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत १५९ र काठमाडौं उपत्यकाका १३६ जना सक्रिय संक्रमित छन् ।

\प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १७२, प्रदेश २ मा १३१ , वाग्मती प्रदेशमा ४२, गण्डकीमा २८, प्रदेश ५ मा ८२ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*