Home / समाचार / नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार

नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार

काठमाण्डौ,२२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।

तर, समयमै सुरु नभएको भन्दै नेताहरु हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’
भएको के हो ?

नेकपाकी पूर्व सांसद् मणि खुम्बु क्यान्सरसँग मुकाबिला गरिरहेकी छन् । उदयपुर घर भएकी पूर्व सांसद अन्तिम अवस्थामा पुगेको भन्दै अध्यक्षद्वयले नै भेट्न खोजेका थिए । समय मिलेको थिएन । अध्यक्ष प्रचण्डले त्यसबारेमा परामर्श गरिरहँदा नेताहरू बाहिरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

“दुई अध्यक्षबीच छलफल हुँदैथियो, उहाँहरू बाहिरिनुभयो, अपमानितका बारेमा पार्टी नेतृत्वले नै बोल्ने कुरा हो,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*