Home / Feature Breaking news / घरमै बसेका बालबालिकालाई तुलसीपुरमा चित्रकला प्रतियोगिता

घरमै बसेका बालबालिकालाई तुलसीपुरमा चित्रकला प्रतियोगिता

तुलसीपुर,५ असोज । तुलसीपुर उपमहानगरपालिकाकी कार्यबाहक नगरप्रमुख माया शर्माले बालबालिकाको सृजनात्मक विकासका लागि अभिभावक र शिक्षकले ध्यान दिनुपर्ने कुरामा जोड दिएकी छिन् । पाठ्यपुस्तक संगसगै अन्य विभिन्न क्रियाकलापमा पनि बालबालिकालाई प्रेरित गर्नुपर्ने उनको भनाई थियो ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि आयोजना गरेको चित्रकला प्रतियोगिता कार्यक्रमको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख शर्माले बालबालिकाको सृजनात्मक क्षमताको प्रशसा गरेकी थिइन् ।

लकडाउनको समयमा घरमै बसेका बालबालिकाहरुको सृजनात्मक क्षमताको विकासका लागि सामुदायिक विद्यालय अन्तर्गत विभिन्न तहगत प्रतियोगिताको आयोजना गरिएको थियो । प्राथमिक तह अन्तर्गत प्रावि हरनेटीका हुकुम घर्ती प्रथम, मावि मानपुरकी अंशु पौडेले दोस्रो, मावि नवलपुरकी सूचना चौधरी तेस्रो र प्रावि मनिकापुरकी पुजा विक सान्त्वना भएका थिए ।

आधारभुत तह अन्तर्गत कक्षा ६ देखि ८ अन्तर्गत मावि कालाखोलाकी कुमारी रोका प्रथम, आधारभुत द्यिालय सल्लीवनकी यसुदा डिसी दोस्रो, आधारभुत विद्यालय नवलपुरकी निरा चौधरीकी तेस्रो, र अम्विका भुसाल आधारभुत सल्लीवनकी सान्त्वना भएका थिए ।

त्यसैगरी मावि तर्फ मावि रक्षाचौरका शैलेस शर्मा प्रथम, मावि रक्षाचौरकै अमित गिरी दोस्रो, मावि कालाखोलाका विकाल वली तेस्रो र मावि रनियापुरका अशोक विश्वकर्मा सान्त्वना भएका थिए ।

शिक्षा समिति संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालय निरिक्षक मानवहादुर खड्काले गरेका थिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतम, शिक्षा शाखा अधिकृत चक्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*