Home / Feature Breaking news / आलु र लसुन खेती गर्न नयाँ प्रविधि

आलु र लसुन खेती गर्न नयाँ प्रविधि

दाङ,९ मंसिर । तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरामा प्रविधिको सहायताले आलु रोपिएको छ । पोटेटो प्लान्टर यन्त्रको प्रयोग गरि करिव दश विगाह जमिनमा आलु रोपिएको छ । जिल्लामा कृषि व्यवसायमा प्राविधिको प्रयोग बढिरहेको समयमा नेशनल भिजन मल्टी प्रापोज एग्रो एण्ड बायो बायो फार्म प्रालिले जिल्लामा पहिलो पटक आलु रोप्न प्राविधिको प्रयोग गरेको हो । टेक्टरको सहायताले बारी जोतेको प्रालिले आलु रोप्न, गोड्नदेखि खन्न( हार्भेष्ट) गर्न पोटेटो डिगरको प्रयोग गर्ने भएको छ ।

त्यस्तै प्रालिले यसैबर्षदेखि लसुन रोप्नेदेखि खन्नलाई पनि प्रविधिको प्रयोग गर्न थालेको उपमहानगरपालिका–१६ सर्रामा रहेको नेशनल भिजन मल्टी प्रापोज एग्रो एण्ड बायो फार्म प्रालिले जनाएको छ । लसुन रोप्न गार्लिक प्लान्टर यन्त्रको प्रयोग गरिरहेको नेशनल भिजन मल्टी प्रापोज एग्रो एण्ड बायो बायो फार्म प्रालिका अनन्तबहादुर खड्कालले बताए । यसको सहायताले प्रति घण्टा करिव डेढ विगाह जमिनमा लसुन रोप्न सकिने उनको भनाई छ । आलु र लसुनको व्यवसायीक खेतीमा गर्ने उद्देश्यले जिल्लामा प्रविधिको प्रयोग गरिएको उनले बताए ।

प्रालिले प्रबिधिको प्रयोग गरी करिब ११ बिगाह क्षेत्रफलमा आलु र लसुन खेती सुरु गरेको छ । जसमा १० बिगाहमा आलु खेती र १ बिगाहामा लसुन खेती गरिएको नेशनल भिजन मल्टी प्रापोज एग्रो एण्ड बायो फार्म प्रा.लिका अध्यक्ष अनन्तबहादुर खड्काले जानकारी दिए । प्रविधिको प्रयोगका माध्यमवाट कृषिको विकासका लागि आफुले करिव ११ विगाह जमिनमा पहिलो पटक प्रविधिको प्रयोगले आलु र लसुन खेती गरेको खड्काले बताए ।

‘अहिले बढि मेहनत लाग्ने र कम उत्पादन हुने हुदा जिल्लामा कृषकहरु कृषि व्यवसायवाट पलायन भैरहेको अवस्था छ’, खड्काले भने,‘त्यो अवस्था रोक्नका लागि कम मेहनतमा धेरै खेती गर्नका लागि प्रविधिको प्रयोग गरेको छु । यसले श्रम र समयको बचतसँगै उत्पादन बढाउने विश्वास छ ।’ प्रविधिको प्रगोगवाट एक घण्टामा डेढ बिगाह जमिनमा आलु तथा लसुन लगाउन सकिने खड्काको भनाई रहेको छ ।

प्रालिले यसबर्ष लुहारडवरामा करिव १० बिगाह जमिनमा कार्डिनल र टिपिएस जातको आलु खेती गरेको छ । दाङमा कृषि व्यवसायमा प्रविधिको प्रयोग बढाउदै आयआर्जन गर्ने उद्देश्यले प्रालिले काम गरिरहेको खड्का बताउछन । ‘सुरुमा बाख्रापालन व्यवसायवाट हामीले काम गरेको हौ, अहिले आलु र लसुन खेती गरेका छौ’, खड्काले भने,‘कृषिमा प्राविधिको प्रयोग बढाउने गरि काम गर्ने तयारीमा छौँ । यस बर्ष ११ विगाहमा गरेको व्यवसायलाई आगामी दिनमा बढाएर करिव ५० हेक्टर जमिनमा पु¥याउने लक्ष्य रहेको समेत बताए । त्यस अनुसार काम भईरहेको समेत बताए ।

प्रविधिको प्रयोगका माध्यमवाट बर्षमा तीन सिजन बाली उत्पादन गर्ने गरि प्रालिले धान, मकै, आलु र लसुनको व्यवसायीक खेती गर्न थालेको हो । प्राविधिको प्रयोगले कृषिको विकासमा सहयोग पु¥याउने कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । ‘ कृषिको व्यवसायीकरणका लागि प्राविधिको प्रयोग आवश्यक छ’, प्रमुख बस्नेतले भने,‘जिल्लाको कृषि विकासमा प्रालिले महत्वपुर्ण भुमिका खेल्ने छ ।’ बस्नेतले दाङमा बिउ उत्पादन आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन प्रालिलाई आग्रह गरेका थिए ।

साथै बस्नेतले प्रालिले रोपेको आलुमा भाइरस देखिएको भन्दै त्यसको समाधानमा ध्यान दिन आग्रह गरेका थिए । त्यसका लागि किसानहरुलाई बीउ छनोटदेखि बाली हुर्काउदासम्म ध्यान दिनुपर्ने बताए । प्रविधिको प्रयोगले मात्र व्यवसाय सफल हुदै बस्नेतले भने व्यवसायमा सफलताका लागि बिउ छनोटदेखि उत्पादनसम्म ध्यान दिन आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*