Home / Feature Breaking news / अखबारमा आएका सबै कुरा सत्य हुँदैनन्ः प्रधानमन्त्री ओली

अखबारमा आएका सबै कुरा सत्य हुँदैनन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्जन गरेको धन गैरकानुनी ढंगले बाहिर लाने र विदेश बैंकमा गैरकानुनीले ढंगले सम्पत्ति थुपार्ने कार्यलाई निरुत्साहित गर्ने र कडाइका साथ नियन्त्रण गरिने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कास्कीका सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले नेपालिक्सको नाममा सार्वजनिक भएको कालोधनको चलखेल के हो ? अविलम्ब छानविन आयोग बनाइयोस्’ भन्ने जिज्ञासको उत्तर दिँदै उनले त्यस्तो कृत्यबारे खोजबिन, छानबिन गरिने बताएका हुन् ।

“अखबारमा आएका सबै कुरा सत्य नहुने र अनुमान गर्दैमा कुनै कुरा असत्य हुँदैन, यसबारेमा छानबिन गरेपछि मात्रै भन्न सकिन्छ,” उनको भनाइ थियो ।
“मैले पहिलोदेखि नै पटकपटक दोहोर्याउँदै आएको छु । वर्तमान सरकार देशमा सुशासन र विकासमा प्रतिवद्ध छ, भ्रष्टाचार नियन्त्रण, उन्मूलन, पारदर्शिता आवश्यक हुन्छन् । नेपाल सरकार त्यसमा प्रतिवद्ध छ । अनियमितता, भ्रष्टाचार, देशलाई घाटा पार्ने काममा सहिष्णुता हुँदैन,” प्रधानमन्त्रीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*