Home / समाचार / घोराहीमा पिमा ईन्टरनेशनल प्रालि सञ्चालनमा

घोराहीमा पिमा ईन्टरनेशनल प्रालि सञ्चालनमा

दाङ,४ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा पिमा ईन्टरनेशनल प्रालि सञ्चालनमा आएको छ । घर निर्माण तथा सजावटका सामाग्रीहरुको पसल शुक्रवारदेखि सञ्चालनमा आएको हो ।

यो प्रालि घोराहीका युवा व्यवसायी सागर भण्डारीले सञ्चालनमा ल्याएका हुन् । घर निर्माण तथा सजावटका गुणस्तरिय सामान उपलब्ध गराउने उदेश्यले प्रालि सञ्चालनमा आएको सञ्चालक भण्डारीले वताए । ‘मुलतः हामीहरु ब्यापारसंगै गुणस्तरिय सामान उपलब्ध गराउने हेतुले यो प्रालि सञ्चालनमा ल्याएका हौँ,’उनले भने ‘नाफामुखी भन्दा पनि हामीहरुले उपभोक्ताहरुलाई गुणस्तरीय सामान उपलब्ध गराउने हाम्रो योजना हो ।’

एक रोड बढिको लगानीमा प्रलि सञ्चालनमा ल्याएको जानकारी गराउँदै उनले होम डेलिभरीको व्यवस्था समेत गर्ने जानकारी दिए । ‘हामीहरुले निशूल्क होम डेलिभरीको व्यवस्था समेत गरिदिने छौँ,’उनले भने ‘हामीहरु उपभोक्ताहरुलाइ सहज र सुलभ तरिकाले सामान उपलब्ध गराउन हेतु हो ।’
यसैविच यो प्रालिको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । प्रालिको सञ्चालक सागरका बाबु उमाकान्त भण्डारीले गरेका हुन् । सागरले प्रालिको नाम आफ्नी आमा पिमाको नामबाट सञ्चालनमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*