Home / Feature Breaking news / स्वास्थ्य क्षेत्रको सुधार गर्न दाङको ६ स्थानीय तहमा प्रेरणा परियोजना

स्वास्थ्य क्षेत्रको सुधार गर्न दाङको ६ स्थानीय तहमा प्रेरणा परियोजना

दाङ, ९ बैशाख ।

उपेक्षित उष्ण प्रदेशिय रोगहरु, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमलाई ब्यबस्थापन गर्नका लागि लुम्बिनीका चार जिल्लामा प्रेरणा परियोजना सुरु भएको छ ।

फेरमेड फाउण्डेसनले प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम र कपिलबस्तुमा सञ्चालन गरेको परियोजना दाङमा पनि सुरु भएको हो ।

दाङको ६ वटा स्थानीय तहलाई कार्यक्षेत्र बनाएर परियोजना सुरु भएको छ । जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा परियोजना सुरु गरिएको छ ।

दाङमा नेपाल महिला सामुदायिक केन्द्रले फेरमेड फाउण्डेशनसँगको सहकार्यमा परियोजना सुरु गरेको हो । परियोजनाको विषयमा पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । जिल्लाको दाङको बबई गाउँपालिका अन्तरक्रिया कार्यक्रमको सुरुवात गरिएको छ । पालिकामा मंगलवार एक कार्यक्रमको आयोजना गरि जनप्रतिनीधि, स्वास्थ्यकर्मी, परियोजनाका कर्मचारी र पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ ।

कार्यक्रममा प्रेरणा परियोजनाबारे जिल्ला कार्यक्रम संयोजक बिबेक केसीले जानकारी गराउनुभएको थियो । यस्तै फेरमेड फाउण्डेसनको बारेमा फाउण्डेशनका हेल्थ सिस्टम स्टेन्थेनिङ स्पेलिस्ट शोभाराम भण्डारीले र नेपाल महिला सामुदायिक सेवा केन्द्रको बारेमा संस्थाका बरिष्ठ कार्यक्रम व्यवस्थापक पवन योगीले जानकारी गराउनुभएको थियो ।

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेरणा परियोजनाले बबई गाउँपालिका्बासीहरुको स्वास्थ्यमा सुधार गर्नकालागि महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले पालिकाबासीहरुको स्वास्थ्य सुधारकालागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको र अब प्रेरणा परियोजनाले थप सहयोगीको भूमीका खेल्नेमा आँफू विश्वस्त रहेको पनि उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रक अध्यक्ष कल्पना न्यौपानेले सरकारसँग मिलेर लामो समयदेखी संस्थाले काम गरिरहेको र नयाँ परियोजनाको रुपमा प्रेरणा परियोजनाले जिल्लाबासीहरुको स्वास्थ्यको क्षेत्रमा काम सुरु गरेको बताउदै पालिकासँगको सहकार्र्य, समन्वय र सहकार्यले परियोजनालाई सफल बनाउने र त्यसको प्रत्यक्ष लाभ पालिकाबासीहरुले पाउने विश्वास व्यक्त गर्नुभयो ।

फेरमेड फाउण्डेशनले लुम्बिनीका दाङ लगायत विभिन्न जिल्लाहरुमा प्रेरणा परियोजना सञ्चालन गरेको छ ।

उपेक्षित उष्णप्रदेशिय रोगहरु, मातृ तथा नवजात शिशु स्वास्थ्य, शारीरिक अशक्तता भएका व्यक्तिहरुकालागि काम गर्नकालागि प्रेरणा परियोजना दाङमा सुरु भएको हो ।

जिल्लामा उपेक्षित उष्णप्रदेशिय रोगहरुबाट प्रभावित वा जोखिममा रहेका र पछाडि परेका समुदायहरुको स्वास्थ्य अवस्था सुदृढ गर्ने लक्ष्य र उपेक्षित उष्णप्रदेशिय रोगहरुलाइ सम्बोधन गर्न स्वास्थ्य प्रणालिका विभिन्न स्तम्भहरुको क्षमता र जवाफदेहिता बढाउने, नागरिकको आधारभूत स्वास्थ्य सेवा र उनीहरुको सामाजिक सुरक्षामा पहुँच पुयाउन समुदायहरुले परिवर्तनको सम्बाहकको काम सक्रियताका साथ गर्ने एवं तथ्यमा आधारित योजना तथा स्वास्थ्य सेवा प्रवाहलाइ संस्थागत गर्ने उद्धेश्यकासाथमा परियोजना सुरु भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

साथै उहाँले जोखिममा रहेका जनसंख्या तथा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको आवश्यकता रहेका महिला, शारीरिक अपांगता भएका मानिसहरु, गर्भवति महिलाहरु, महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविका, स्वास्थ्यकर्र्मी, स्वास्थ्य संस्था व्यवस्थापन समिति सदस्यहरु, स्थानिय तह, आमा समूहका सदस्यहरु, विद्यार्थीहरु र समुदायमा रहेका सक्रिय संस्थाहरु (बाल तथा युवा समूह, टोल विकास समिति आदि) लाभान्भित हुने गरि परियोजनाले कार्य गर्ने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*