Home / Feature Breaking news / संघीय पुर्नसंरचनामा प्रहरीको ‘चेन अफ कमाण्ड’ आवश्यक

संघीय पुर्नसंरचनामा प्रहरीको ‘चेन अफ कमाण्ड’ आवश्यक

दाङ, ५ पुस ।
दाङमा आज संघीयतामा नेपाल प्रहरीको पुर्नसंरचना विषयमा छलफल भएको छ । संकट प्रवद्र्धन संस्थान सम्पर्क एकेडेमी धुमवराही काठमाडौंको आजोननामा दाङको घोराहीमा छलफल भएको हो ।

उयष्अिभ अयउथछलफल कार्यक्रममा बोल्ने वक्तहरुले संघीय संरचनामा प्रहरीले निर्वाह गर्ने भूमिकालाई केन्द्रीय र प्रदेश तहमा चेनअफ कमानमा जोडेर लैजानुपर्नेमा जोड दिए । उनीहरुले प्रदेशमा रहने प्रहरी र केन्द्रीय सरकारको मातहतमा रहने प्रहरीहरुको सेवा सुविधादेखि पोषाक, भरपोषणलगायतका सबै विषयमा समान हुनुपर्ने र संघ र प्रदेशमा रहने गृहमन्त्रालय र प्रहरी प्रशासनका कार्यनीतिहरु एक अर्कामा नवाझिने प्रकारले बनाइनुपर्ने समेत बताए ।

कार्यक्रममा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले संघीयतामा नेपाल प्रहरीको संरचनामा परिवर्तन हुने भएकाले यसमा सबैले सोच विचार गरेर प्रदेश र संघको अधिकार बाँडफाँट गर्नुपर्नेमा जोड दिए । तर उनले सशस्त्र प्रहरी र नेपाली सेना केन्द्रीय सरकारकै मातहतमा रहने र नेपाल प्रहरी मात्रै संघीय संरचनामा रुपान्तरण हुने भएकाले तल देखि माथि सम्मको शान्ति सुरक्षा र अपराध नियन्त्रणलगायतका विषयलाई ध्यान दिएर पुर्नसंरचना गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस दाङका सचिव शंकर डाँगी, एमालेका लक्ष्मण आचार्य, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरका एसएसपी दिलिप चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंह, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी प्रकाश सापकोटा, नेपाली सेनाका पूर्व रथी मिनेन्द्र अर्याल, जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशराज आचार्य, जिल्ला समन्वय समितिका भरतबहादुर बुढाथोकी, घोराही उपमहानगरपालिकाका कार्यवहाक प्रमुख भरत अर्याललगायतले विभिन्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*