नारायणपुर, १४ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा शुक्रवारदेखी सुरु भएको महोत्सवमा कृषी तथा स्थानीय उत्पादनका सामाग्री आकर्षण बनेका छन् । महोत्सवमा राखीएको कृषी तथा स्थानीय उत्पादनका बस्तु राखीएको स्टलहरुमा दर्शकहरु पुगेर त्यसबारे जानकारी लिने गरेका छन् । तरकारी, अन्न बाली एवं मह, च्याँउहरु स्टलमा राखीएको छ । जसमा दर्शकहरुले त्यसबारेमा जिज्ञासा राख्दै पुग्ने गरेका छन् ।
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा अल्लोको सामाग्रीहरु पनि महोत्सवको आकर्षणमा रहेको छ । स्थानीय उत्पादन अल्लोको सामाग्रीहरु ह्ेर्ने र किन्नेहरु धेरै मात्रामा रहेका छन् । महोत्सवमा विभिन्न व्यवसायीक स्टलहरु पनि रहेका छन् ।
महोत्सवमा आईतवार पनि कलाकारहको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । आईतवार कलाकारहरु प्रकाश सपुत, सिर्जना खत्री, टिका तारमी मगर, रुपा घर्ति, सरद समीप, टोपेन्द्र विष्ट, राजु विक लगायतका कलाकारहरुले प्रस्तुति राखृका थिए । लोकदोहोरी गायक प्रकाश सपुतले ‘गँहु छरेको बारीमा तोरी फुलेछ, चरर बरर धरर, सदाबहार तरुनी’ लगायतका गीतहरु प्रस्तुति राखेका थिए ।
गायीका टीका तारमी मगरले ‘बाच्छीले धान खायो, गुन्द्रुक सिन्कीलाई पकाउनु पर्दैन, फुलको तरेलीमा’ लगायतका गीत प्रस्तुत गरेकी थिक्षर््न् । उनको गीतमा युवाहरुले साथ दिएका थिए । गायकिा सिर्जना खत्रीले हाउडेमाया बोलको गीत प्रस्तुत गरेकी थिईन् ।
महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।
महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुकालागि विशेष छुटका सहित ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुकालागि निशुल्क प्रवेशकालागि फोटोसहित पास उपलब्ध गराईएको छ ।
सोमवारका कलाकारहरु
नारायणपुर महोत्सवका आईतवार सोमवार पनि राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । सोमवार सुगम संगीत एवं चलचित्र गायकिा सहिमा श्रेष्ठ, मेक्सम खाति, रुपा घर्तिमगर, मोडल खुस्बु खड्का लगायतको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । साथै दंगाली कलाकारहरुको पनि प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।