दाङ, ८ कार्तिक
दाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । तुलसिपुर उपमहानगरपालिका ५ स्थित बाहिनीचोक नजिक शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
विहान करिब ५ बजे उक्त शब फेला परेको हो । करिब ५०÷५५ बर्षको जस्तो देखिने उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शवराप्ती अञ्चल अस्पताल तुलसिपुरमा राखिएको छ ।