Home / Feature Breaking news / महायज्ञमा रावत दम्पतीद्वारा सर्वाधिक दान

महायज्ञमा रावत दम्पतीद्वारा सर्वाधिक दान

दाङ, ६ असोज
मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा आठ दान संकलन भएको छ । महायज्ञको शनिवारसम्म आठ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा शनिवारसम्म ८ लाख ९५ हजार  ६ सय ५३ रुपैया नगद दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।

सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा भएको महायज्ञमा शनिवारसम्म घोराही उपमहानगरालिका वडा नम्बर १० का महेन्द्र रावत र गीता रावतले सबैभन्दा धेरै रकम दान गर्नुभएको छ । रावत दम्पतीले शनिवार १ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको हो ।

m 1

यस्तै घोराही १५ का डा.शास्त्री मोतिलाल डाँगी र उहाँको धर्मपत्नी रमीला डाँगीले १ लाख १ हजार १ सय ११ रुपैया, घोराही १७ निवासी कुलराज घिमीरे र सुष्मा रेग्मी घिमीरेले ५१ हजार १ सय ५५ रुपैया, घोराही १५ का माधव पन्थी र डा.जनार्दन पन्थीले ५१ हजार ५ रुपैया र घोराही १७ का अनन्तराज घिमीरेले ५१ हजार रुपैया दान गर्नुभएको छ ।

महायज्ञमा टोल विकास संस्थाहरुको तर्फबाट कस्तुरी टोल विकास संस्था घोराही १५ ले नगद दान गरेको छ । कस्तुरी टोल दान गर्नेमध्य पहिलो टोल बनेको छ । जसले ५ हजार १ सय ५ रुपैया दान गरेको हो । यस्तै महायज्ञमा ९७ वर्षका वृद्ध पवित्रादेवी शर्माले तुला दान गनुृभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ का शर्माले शनिवार दान गर्नुभएको हो ।
महायज्ञमा १ सय ८ किलोको लड्डु प्रदर्शनमा राखीएको छ भने १ हजार ८ शालिग्राम परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ । यसका साथै २ हजार ५ सयमा तुलादान गर्ने अवसरको पनि व्यवस्था रहेको महायज्ञ आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*