Home / Feature Breaking news / नेपाल लगानी सम्मेलन २०७५ : १५ वटा समझदारी पत्रमा हस्ताक्षर

नेपाल लगानी सम्मेलन २०७५ : १५ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, १६ चैत

‘नेपाल लगानी सम्मेलन २०७५’ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ।

शनिबार सम्पन्न सम्मेलनमा ऊर्जासहित विभिन्न क्षेत्रका १५ परियोजनामा लगानीका लागि समझदारी भएको हो।

सो सम्मेलनमा  विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी/व्यवसायी उत्साहित भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले पहिलो पटक आयोजना गरेको सम्मेलनमा सहभागी विभिन्न मुलुकका विभिन्न क्षेत्रका लगानीकर्ताबीच अनुभव आदानबाट नेपालमा ठूला पूर्वाधार विकास र लगानीको सम्भावनाको ढोका खुल्ने देखिएको छ।

समापनका अवसरमा भएका विभिन्न दुई पक्षीय व्यावसायिक सम्झौताले अन्य लगानीकर्तालाई प्रेरित गरेको छ । नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक हुन सक्दैनन् र उनीहरूले विदेशी लगानी वा निजी क्षेत्रलाई प्रोत्साहित गर्दैनन् भन्ने भ्रमलाई सम्मेलनले चिरेको छ। सरकारले विदेशी लगानीको संरक्षण र मुनाफा सुरक्षित गराउन उद्घाटन सत्रमा प्रतिवद्धता व्यक्त गरेको थियो।

लामो द्वन्द्वको अन्त्यपछिको नयाँ संविधान र त्यसपछिको निर्वाचनबाट गठित सरकारले राजनीति स्थिरता र समृद्धिको लक्ष्य लिएकाले विदेशी र स्वदेशी लगानीकर्तालाई ऊर्जा मिलेको हो। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य बोकेको सरकारले यो सम्मेलनलाई नेपालको विकासको सम्भावना र लगानीकर्ताको अवसरका रुपमा चित्रित गरेको छ। सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी थिए । (राससको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*