Home / Feature Breaking news / धर्नाको मन्नामेमा स्वास्थ्य शिविर

धर्नाको मन्नामेमा स्वास्थ्य शिविर

दाङ,१५ चैत । घोराही उपमहानगरपालिका वडा नं. ५ को विकट बस्ती मन्नामेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजनामा तथा स्वास्थ्यचौकी धर्नाको व्यवस्थापनमा शुक्रवार मन्नामेको नेपाल प्राथमिक विद्यालयमा स्वास्थ्य शिविर गरिएको हो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै वडाध्यक्ष बिष्णुमणि दाहालले वडाको भौगोलिक विकटताका कारण स्वास्थ्य सेवावाट बञ्चीत भएका गाउँका जनताहरुलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले मन्नामेमा स्वास्थ्य शिविरको आयोजना गरिएको बताएका थिए । दुर्गम क्षेत्रका बासिन्दालाई सामान्य उपचार गर्न पनि घोराहीसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि वडाले गाउँमै स्वास्थ्य शिविरको आयोजना गरेको वडाध्यक्ष दाहालले बताए । स्वास्थ्य शिविरले आर्थिक रुपमा बिपन्न परिवारलाई ठूलो सहयोग पुग्नृे उनको भनाइृ थियो ।

स्वास्थ्य शिविरमा मन्नामे, रज्जे, मनालीकोटलगायतका ५० जना बढिको स्वास्थ्य चेकजाचसँगै औषधि प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कुमार डागी, धर्ना स्वास्थ्य चौकीकी इन्चार्ज सिता डिसीलगायतले विरामीहरुको स्वास्थ्य परिक्षणसँगै औषधि वितरण गरेका थिए । स्वास्थ्य शिविरमा ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, तल्लो पेट दुख्ने, चोट पटक लागेकालगायतका विरामीहरुको उपचार गरिएको थियो । वडाका विकट बस्तीहरु रज्जे र मन्नामेका करिव ६८ घरपरिवार रहेका छन । गाउँमा स्वास्थ्य सेवा नहुँदा घण्टौ हिडेर विरामीहरु बसन्तापुरमा रहेको स्वास्थ्यचौकी वा घोराही र तुलसीपुरसम्म आउनुपर्ने बाध्यता रहेको छ ।

shibiraa

चेकजाचका क्रममा बढि समस्या भएका विरामीहरुलाई घोराही जान सल्लाह दिइएको थियो । स्वास्थ्य शिविरमा हात्तिफाइलेका रोगको औषधि समेत खुवाइएको थियो । घोराही उपमहानगरपालिका वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तुलसी खड्का, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका कुमार डागी, धर्ना स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण भण्डारी, नेपाल पत्रकार महासंघ दाङ शाखा कोषाध्यक्ष आरके शीतल, पत्रकार लिलाधर वली , धर्ना स्वास्थ्य चौकीका इन्चार्च सिता डिसी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक लिलाधर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ण नेपालीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*