Home / Feature Breaking news / पहिरोले घर पुरिदा आमा छोराको मृत्यु

पहिरोले घर पुरिदा आमा छोराको मृत्यु

आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् ।

घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।

मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

घाइते तीन जनाको स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी गरिएको छ । स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*