Home / Feature Breaking news / धनगढी क्रिकेट क्लबले चुम्यो त्रिभुवननगर जेसिजकपको उपाधी

धनगढी क्रिकेट क्लबले चुम्यो त्रिभुवननगर जेसिजकपको उपाधी

दाङ, ४ चैत
दाङको घोराहीमा सञ्चालित जेसीज कप क्लब स्तरीय राष्ट्रिय टी २० क्रिकेट प्रतियोगीता २०१८ को उपाधि धनगढी क्रिकेट एकेडेमीले हात पारेको छ । त्रिभुवननगर जेसिजको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा जगुवार क्रिकेट क्लब नेपालगञ्जलाई ५९ रनले हराउदै धनगढी क्रिकेट एकेडेमीले उपाधि जितेको हो । फाईनल खेलमा धनगढी क्रिकेट एकेडेमीले जगुवार क्रिकेट क्लब नेपालगञ्जलाई १ सय ५२ को लक्ष्य दिएको थियो । पहिले ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले ९ विकेटको गुमाउदै १ सय ५१ रन बनाएको थियो । १ सय ५२ को लक्ष्य पाएको नेपालगञ्ज क्रिकेट क्लबले १८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटिएको थियो ।

२० ओभरको खेलमा धनगडी क्रिकेट एकेडेमीले एक सय ५१ रन बनाउन सफल भएको थियो । जसमा बसन्त सिंङ कार्कीले २ चौका र ३ छक्कासहित ४२ रन बनाएका थिए भने प्रकाश जैशीले ३ चौका र एक छक्कासहित ३० रन जोड्न सफल भएका थिए । बलिङमा जागवरका रमेश सिंङले ३ ओभरमा २६ रन दिई ४ विकेट लिएका थिए भने मेराज अन्सारीले ४ ओभरमा १९ रन दिई १ विकेट लिन सफल भएका थिए । १५२ रनको बिजयी लक्ष्य पाएको जागवार क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाउदै ९२ रन मात्र जोड्न सकेको थियो । जसमा इमरान अन्सारीले २ चौका र १ छक्कासहित २१ रन बनाएका थिए ।

उक्त खेलमा धनगडीका भुवन कार्कीले १.४ ओभरमा ३ रन दिदै ३ विकेट र बिनोद लामाले ४ ओभरमा २२ दिन दिई ३ विकेट लिएका थिए । उक्त खेलमा बसन्त सिंङ कार्की म्यान अफ द म्याच घोषित भएका थिए । अवसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आफनो क्षेत्रलाई चिनाउनसँगै स्वास्थ्यका लागि समेत खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताएका थिए । प्रतियोगिताको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि सल्यान छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष केसीले त्रिभुवननगर जेसीजले दाङमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरेर दाङ जिल्लाकै गौरव बढाउने काम गरेको भन्दै आगामी दिनमा समेत खेलकुदका कार्यक्रमहरु ग्र्न सुझाव दिए । उनले युवाहरुलाई खेलकुदका माध्यमवाट असल काममा प्रेरित गर्न समेत खेलकुद क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताए ।

त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले दाङलाई खेलकुद क्षेत्रका रुपमा अघि बढाउन विभिन्न समयमा प्रतियोगिताहरु हुन आवश्यक रहेको बताए । त्रिभुवन नगर जेसीजले दाङमा राष्ट्रिय स्तरको प्रतियोगिता राखेर दाङको खेलकुदलाई माथि उठाउनेदेखि देशभरी नै दाङमा क्रिकेट खेलको राष्ट्रिय प्रतियोगिता हुन सक्छन भन्ने सन्देश दिन सफल भएको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५का वडा अध्यक्ष रमेशकुमार पाण्डेय,दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयालगायतले बोलेका थिए ।

समापन कार्यक्रममा प्रतियोगितामा म्यान अफ द सीरीज र उत्कृष्ट व्याट्स म्यानका रुपमा होराईजन क्रिकेट क्लव भैरहवाका खेलाडी कृष्ण कार्की घोषित भएका थिए । उनले शिल्ड,प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा इम्याजिङ प्ले खेलाडी अवार्डवाट घोराही क्रिकेट एकेडेमीका खेलाडी सन्देश पाण्डेय र वेष्ट वलरका रुपमा जागवार क्रिकेट क्लवका खेलाडी सुनिल सुनारले नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्रिभुवननगर जेसीजको आयोजनामा तथा दाङ क्रिकेट संघको प्रविधिक संयोजनमा घोराही १७ गुलरीयामा राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेलहरु भएका थिए । कार्यक्रम संयोजक दिपेन्द्र पुनको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सदस्य दिपक सेटठीले जेसीज आस्थापाठ गराएका थिए । जेसीजका कार्यकारी उपाध्यक्ष मिनराज भाटले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव बुद्धिप्रकाश शर्माले गरेका थिए । समापन अवसरमा प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने विभिन्न संघसस्थाहरुलाई सम्मान गरिएको थियो ।

उपाधि हात पारेसँगै धनगढी क्रिकेट एकेडेमीले नगद १ लाख २५ हजार, शिल्ड र प्रमाणपत्र जितेको छ । उपबिजेता जगुवार क्रिकेट क्लव नेपालगञ्जले नगद ५० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले दाङमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरेर दाङ जिल्लाकै गौरव बढाउने काम गरेको बताएका थिए । खेलकुदका माध्यमबाट असल काममा प्रेरित गर्न समेत खेलकुद क्षेत्रको महत्वपुर्ण भूमिका रहेको उनीहरुको भनाई थियो । त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारीले खेल क्षेत्रको विकासकालागि जेसिज लागिपरेको बताए । प्रतियोगितामा देशभरका १६ वटा क्लबको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*