Home / Feature Breaking news / संकटको समयमा मनको स्याहार

संकटको समयमा मनको स्याहार

लक्ष्मी ढकाल
मानिस सामाजिक प्राणी हो । व्यक्तिको समाजसँग एकदमै अन्योन्याश्रित सम्वन्ध रहेको हुन्छ । दिनहु वाहिरी वातावरणले मानिसलाई सकारात्मक र नकारात्मक प्रभाव पारिरहेको हुन्छ । व्यक्तिको मनमा हुने विचार, भावना, बुझाई, संवेग र समाजमा रहेका घर, परिवार, साथीभाई, छर छिमेक, विभिन्न मुल्य मान्यता, भाषा, संस्कृती या एक्कासी आईपर्ने संकटजन्य परिस्थिीतिका कारणले मानिसको मन र मस्तिष्कमा हलचल मच्चिरहेको हुन्छ ।

संकटजन्य अवस्था भन्नाले द्धन्द, विभिन्न किसीमका हिंसाहरु, भेदभाव, प्राकृतिक प्रकोप, महामारी रोगहरु, आर्थिक मन्दी, बेरोजगार, असफता, दिर्घरोग आदि जस्ता सवालहरु हुन सक्छन् । जसका कारण व्यक्तिको शरीर, मन, भावना, व्यवहारमा फरकपना आउछन र व्यक्तिहरुमा दुख, चिन्ता, नैराश्यता, डर, त्रास, भय, रिस, अन्यौलता, निन्द्रामा गडबढी, नकारात्मक सोचहरु आई दैनिकी सहज रुपले चलिरहेको हुदैन ।

अहिलेको समयमा हेर्दा प्रायजसो मानिसहरु केही न केही कारणले मानसिक तनावमा हुन्छन र छन पनि । कोभीडको समयमा मानिसहरुको मन मस्तिष्कमा डर आइरहेका कारणले एकदमै भावनात्मक असर परेको थियो । जुन बेला व्यक्तिले आफनो मनको स्याहार गर्न सकिरहेका थिएनन । यस्तो अवस्थामा जहाँ छौ जस्तो सुकै परिस्थितीमा छौँ, त्यही अवस्थामा मानिसहरुले आफनो मनको स्याहारमा बढी ध्यान दिनुपर्ने हुन्छ । अहिले हरेक कुराको महंगी बढेको छ । रोजगारी कहिकतै पाइदैन । आम्दानीको स्रोत नभएको र खर्चमात्र बढि हुने गर्दा आर्थिक मन्दीले धेरै जसो व्यक्तिमा मनोसामाजिक असर परेको देखिन्छ ।

संकटको समयमा मनमा पर्ने असरहरु व्यक्ति अनुसार फरक–फरक हुन सक्छन् । शरीर र मन नङ मासु जस्तै एक आपसमा जोडिएका हुन्छन् र समस्याहरु पनि मन र शरीरमा देखिन सक्छन् । जसरी हामीले शारीरिक स्वास्थ्यको ख्याल गरिरहेका हुन्छौ त्यसै गरी मनको झन् एकदमै स्याहार गर्नुपर्छ । यहाँ एउटा व्यक्तिको जिवनमा आर्थिक मन्दीले आएको समस्या र त्यो समस्याले गर्दा मनमा परेको असरलाई कसरी स्याहार गर्ने भनेर राखिएको छ । उक्त जिवनीवाट कसरी मनको स्याहार गर्नुपर्दो रहेछ भनेर बुभ्mनलाई सहज हुनेछ ।

मुना (काल्पनिक नाम) को बाल्यवस्था निकै नै सुखमयसँग बितेको थियो । सानो परिवार बुवाआमाले हरेक कुराहरु पु¥याएर सुखसँग जिवन बितेको थियो । दुख भन्ने कस्तो हुन्छ उनीलाई केही थाहा नभएको अवस्थामा नै बाल विवाह हुन पुग्छ । विवाह पश्चात उनीलाई घरको जिम्मेवारी धेरै थपिन्छ । बालवच्चा जन्मिन्छन् । केही समय उनलाई परिवारसँगको समायोजन हुन कठिन हुन्छ । तर बिस्तारै उनी समायोजन हुदै जान्छिन् । आफनो पढाईलाई पनि निरन्तरता दिन्छीन् । दुबै जनाको रोजगारी हुन्छ । सानो सुखी परिवार भएर दैनिक जिवन चलिरहेको अवस्थामा उनीलाई फेरी एक्कासी विभिन्न संकटहरु आउछन् ।

कहिले के समस्या आउछ त कहिले के समस्या आउछ तर पनि विस्तारै हल गरिरहेकी हुन्छीन् । उनकोे रोजगारी पनि हुदैन । घरमा रहेको हरेक आर्थिक कारोबार सबै उनले समालेकी हुन्छिन् तर रोजगारी सकिएपछि उनको आउने बाटो कतैबाट हुदैन । उनी धेरै आर्थिक संकटमा परी तनावमा हुन्छिन । त्यही समयमा सबै आफन्तहरुवाट उनले पहिलेको अवस्थामा जस्तो साथ सहयोग पाउदिनन् । साथीभाई, आफन्तहरु सवै आफुवाट टाढिन खोजेको अनुभुति उनलाई हुन्छ । पैसा कमाएको अवस्थामा सवै आफन्तले गरेको साथ सहयोग र मायालाई सम्झिदै उनी अहिले संकटको अवस्थामा धेरै दुखी हुने, बढि मात्रामा रिस उठने,रातमा निन्द्रा नलाग्ने,मनमा अनेक तरहका कुराहरु खेल्ने गर्दछन् ।

मनमा चिन्ता तनाव भइरहेको अवस्थामा आफनो मनलाई शान्त पार्न केही भावनात्मक सहयोग देलान भन्ने ठाँउमा कमाई नहुदाको अवस्थामा कति गाह्रो हुने रहेछ । पैसाको महत्व बुझेउ होला भनेर अरुले भन्दा आफनो मन झन् कत्ति रुन्थ्यो । त्यो उनलाई मात्र थाहा थियो । उनका व्यवहारहरु विस्तारै परिवर्तन हुदै गइरहेका थिए । त्यो उनलाई सवै थाहा थियो तर पनि सवै कुरा थाहा हुदा हुदै पनि समय र परिस्थीतीले मानिसलाई मनको पिडा मनमै राख्न वाध्य वनाउदो रहेछ । उनीपनि त्यस्तै वाध्यतामा परेर मनको कुरा मनमै गुम्साउदै खुसी हुन नसक्ने,निराश भइरहने गर्न थालिन ।

दिनहु व्यवहार परिवर्तन हुन थालेपछि मनोविमर्शकर्तासँग मनको भारी विसाउने सोचले उनी मनोविमर्शकर्तासँग मनोविमर्शसेवामा आइन । मनोविमर्शकर्तासँग आफनो मनको सवै कुरा व्यक्त गरेपछि मन एकदमै हलुंगो भयो । कतै मलाई मनोसामाजिक समस्या त हुन लागेन २ हप्ता भन्दा वढी लक्षणहरु वढदै गएमा मनोसामाजिक समस्या हुन्छ अव मैले मेरो मनको स्याहार गर्नुपर्छ है भन्ने अनुभुती आफैलाई भएर मनको स्याहार गर्न थालिन । दुखले नै मानिसलाई जिन्दगी के हो भन्ने कुरा सिकाउछ । सुखै सुख भयो भने जिन्दगीको वारेमा नै थाहा हुदैन । आफन्तहरुले गरेको व्यवहार नै थाहा हुदैन । यो एउटा मेरो लागि परिक्षा हो ।

सुखको क्षण र दुखको क्षणमा मलाई साथ, सहयोग, हौसला, माया र प्रेम गर्नेहरु कति छन भनेर पनि मैले वुझने अवसर पाए । यो संकटको अवस्थामा आफन्तहरुले गरेको व्यवहार मेरा लागि प्रेरणादायि हो । यो संकट मलाई सधै आउने छैन । भोलीको भविष्य मेरो राम्रो छ ।

भोलीका दिनमा मेरो साथ सहयोग माग्नेहरु धेरै नै हुनेछन र उनीहरुलाई अवश्य नै महशुश हुनेछ । मैले कोही प्रति नकारात्मक सोच राख्नुहुदैन सधै सकारात्मक सोच राखेर उहाँहरुप्रति सम्मान गर्नुपर्छ भन्ने सोच्न थालिन् । यो संकटको बेलामा आफुमा आउने सबै भावनालाई स्वीकार गरी महशुश गर्दै किन यी विचारहरु आउदैछन त भनी ति विचारलाई फिल्टर गरिन । घर, परिवार, साथीभाई, आफनो मान्छेसँग स्वस्थ सम्वन्ध राख्ने कोसिस गर्दै नियमित सम्पर्कमा रहिन ।

संकट अहिले मात्र आएको होइन पहिले पनि आउदा कसरी समस्याको समाधान गरिएको थियो तिनै क्षमताको खोजी गरिन ।मन हलुंगो हुने मा पर्ने रुचिका कामहरु गित संगीत सुन्ने, कथा, कविताहरु पढने, मनपर्ने सिरीयल या फिल्महरु हेर्ने गर्न थालिन् । बिहानको समयमा वाहिरी वातावरणलाई अवलोकन गर्ने र ध्यान, योगा, श्वासप्रश्वास अभ्यासहरु गर्न थालिन् ।

आफनो विश्वाशिलो पात्रलाई मनको भावना साटने कुराकानी गर्ने गरिन । मेरो नियन्त्रणमा नभएको कुरालाई मैले सोचेर काम छैन म खुसी हुनुपर्छ भनेर मुना अहिले मनलाई वलियो वनाएर दैनिक जिवन चलाईरहेकी छिन । जसरी मुनाले आफनो मनलाई स्याहार गरिन त्यसरी नै मनको स्याहार गर्नुपर्छ । संकटको अवस्थामा देखापर्ने समस्याहरुलाई स्वयं आफैले समयमै व्यवस्थित गरी मन र शरीरको जतन गर्न सके दैनिकी र अगाडिका दिनहरु स्वस्थ बनाउन सकिन्छ । आफनो मनको राजा आफै हो, त्यसकारण आफनो हेरचाह आफैले गर्नुपर्छ ।

लेखक नेपाल महिला सामुदायिक सेवा केन्द्रमा कार्यरत मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*