Home / Feature Breaking news / संविधानको विरोध गर्ने ६ जना पक्राउ

संविधानको विरोध गर्ने ६ जना पक्राउ

दाङ,३ असोज । टाउँकोमा कालो पट्टी बाधेर संविधानको बिरोध गर्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

दाङको लमही बजारमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले लमही नगरपालिकाको रातोडाडाबाट नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्जवल थपलियाले जानकारी दिए ।

प्रक्राउ पर्नेमा लमही नगरपालिका–५ निवासी एकराज चौधरी, लमही ३ बनगाउँका भरत चौधरी, लमही ४ का क्षेत्रपाल चौधरी, राप्ती गाउँपालिका– ५ का बामदेव चौधरी, लमही– ८ सतबरीयाका प्रकाशकुमार चौधरी, लमही–७ किशोरकुमार घर्तीमगर रहेका छन् । पक्राउ परेका व्यक्ति थरुहट र थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*