दाङ, २० भदाै
जिल्ला फार्मेसी संघ दाङले सशस्त्र प्रहरीलाई मास्क र सेनिटाईजर सहयाेग गरेकाे छ । संघले काेराेना भाईरसकाे संक्रमणबाट बच्नकालागी प्रयाेग हुने मास्क र सेनिटाईजर सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लमहीलाई सशयाेग गरेकाे हाे । संघले २ लिटर सेनिटाईजर र ५ सय पिस मास्क सहयाेग गरेकाे संघका सचिव श्यामकुमार गिरीले जानकारी दिनुभयाे । सशस्त्र प्रहरी बेस लमहीका प्रतिनिधीलाई संघका अध्यक्ष सुलभ अधिकारी र सचिव श्याम कुमार गिरीले स्वास्थ्य सामाग्री प्रदान गर्नुभएकाे थियाे । फार्मेसी संघले यश अघि पनि विभिन्न क्षेत्रका संघसंस्थाहरूलाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे थियाे ।
