नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काएका छन्।
विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाए।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा शुक्रबार देउवाले कोरोना महामारीमा किन कार्यक्रम राख्नुपर्यो भन्ने प्रश्न पनि गरे।
‘सोसल डिस्ट्यान्सिङ भन्या छ, तर यहाँ टाँस्सेर बसिरहेको छ,’ कार्यक्रममा सामाजिक दूरी कायम नगरेकोप्रति लक्षित गर्दै देउवाले थपे, ‘अहिले यो खतरा रोग आएको छ। सामाजिक दूरी कायम गर्नुस्। टाँस्सेर बसेर केही हुनेवाला छैन।’
RaptiSandesh RaptiSandesh