Home / Feature Breaking news / नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न प्रहरीले चलायो गोली

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न प्रहरीले चलायो गोली

झापा : नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्ने क्रममा झापामा प्रहरीले हवाइ फायर गरेको छ । गएराति झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट एक सय भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।

नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेको बताइएको छ ।

जवर्जस्ती नेपाल र्छिन खोज्ने दुई जनालाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु गाँउले भेला गरेर सीमा क्षेत्रमा आएपछि तनाव भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*