दाङ, २! साउन
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । दाङमा सात वर्ष पहिले एक व्यक्तीको हत्या गरि फरार रहेका एक व्यक्री पक्राउ परेका हुन् ।
जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १० दक्षीण अमराईमा २०६८ साल असार २९ गते रुकुमका टेकबहादुर घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका ?क’मको उत्तरगंगा गाउँपालिका वडा नं.१२ रुकुमका ४२ को गोकर्ण गुरुङलाई सात वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गुरुङलाई साउन १७ गते कास्की पोखराबाट पक्राउ गरिएको हो . पक्राउ परेका गोर्कण गुरुङलाई कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका पव्म’ख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh