अपहरित बालकको शव फेला
काठमाडौं, २१ साउन । भक्तपुरको ठीमीमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ।
महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठिमीमा अपहरणकारी लुकेको सूचना आयो।
उनीहरूलाई खोज्दै गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।