Home / Feature Breaking news / सार्वजनिक सवारी साधनमा हुने अभद्र व्यवहार रोक्न प्रहरीको सक्रियता, ३ जनालाई कार्वाही

सार्वजनिक सवारी साधनमा हुने अभद्र व्यवहार रोक्न प्रहरीको सक्रियता, ३ जनालाई कार्वाही

दाङ, २६ साउन

सार्वजनिक सवारी साधनमा यात्रुहरुमाथी हुने अभद्र व्यवहारप्रति गुनासो बढ्न थालेपछि दाङ प्रहरीले सक्रीयता देखाएको छ ।

विशेष गरि छोटो दुरीका सवारी साधनका चालक एवं हेल्परहरु आफ्नो बसमा चढाउनकालागी यात्रुहरुलाई तानातान गरे सास्ती दिने नजिकका यात्रुहरुलाई नचढाउने जस्ता क्रियाकलाप गर्न थालेपछि प्रहरीले सक्रीयता देखाएको हो ।

वुधवार प्रहरीले यस्तै अभद्र व्यवहार गर्ने बसका स्टाफहरुलाई नियन्त्रणमा लिएको छ । घोराही तुलसीपुर क्षेत्रको नारायणपुरमा रा १ ख १०९२ र ग १ ख नं. को लोकल सेवा बसका स्टापहरु हलवारका २१ वर्षीइ रोशन नेपाली, सोही ठाँउका १८ वर्षीय गोपाल सुनार र बिजौरी का ३० वर्षीय गोपाल सुनारलाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा यात्रुहरुलाई अभद्र रुपमा हातमा समाई तानातान र धकेलपकेल गरी आफ्नो गाडिमा जवरजस्ति बसाउन खोज्ने क्रममा ड्युटीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेकोमा निजहरुलाई आवश्यक कार्वाही पश्चात छाडिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

साथै उहाँले सार्वजनिक सवारी सधनमा अभद्र व्यवहार भएको पाएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*