Home / समाचार / वैवाहिक बर्षगाठको अवसरमा खड्का दम्पतीद्वारा धारापानी महायज्ञमा दान

वैवाहिक बर्षगाठको अवसरमा खड्का दम्पतीद्वारा धारापानी महायज्ञमा दान

घोराही, १३ फागुन

पाण्वेश्वर महादेव मन्दिर धर्ना धारापानीमा शनिवार जारी महायज्ञमा एक दम्पतीले वैवाहिक वर्षगाठको अवसरमा दान गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी बद्रिकुमार खड्का र पुष्पा खड्काले २७ औँ वैवाहिक वर्षगाठको अवसरमा नगद दान गरेको हुन् ।

पाण्डवेश्वर धामको पूर्वाधार विकास र बृहत् आध्यात्मीक पर्या–पर्यटकीय केन्द्रको स्थापनार्थ आयोजना गरिएको ‘श्रीमद् भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ–२०७५’ मा खड्का दम्पतीले सोमवार २७ हजार २७ रुपैया दान गर्नु भएको थियो ।

52830123_2055149794580655_3664155910114115584_n

२७ औँ वैवाहिक वर्षगाठको अवसरमा २७ हजार २७ रुपैया नगद दान गरेको बद्रिकुमार खड्काले बताउनुभयो । आमा कालिकादेवी खड्काको साथमा महायज्ञमा पुगेको खड्का दम्पतीलाई सहभागीहरुले वैवाहिक वर्षगाठको शुभकामना व्यक्त गरेका थिए ।

बद्रिकुमार खड्का कालिका मेडिकल हल घोराहीका सञ्चालक हुन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सचिव रहेका खड्का विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*