Home / Feature Breaking news / दाङ महिला जेसिजद्वारा कोरोनाबारे सचेतना कार्यक्रम

दाङ महिला जेसिजद्वारा कोरोनाबारे सचेतना कार्यक्रम

घोराही, १ चैत ।
दाङ महिला जेसिजले नोबेल कोरोना भाइरस विरुद्ध सचेतना एवं घरेलु मास्क सिकाई कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ट्राफिक चोक नजिक रहेको खोलि गाउँ तथा सुकुम्बासी टोलमा बसोवास गरेका समुदायका नागरिकहरुलाई कोरोना भाईरस विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

दाङ महिला जेसिजका अध्यक्ष जिवा भुसालको अध्यक्षता तथा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रेमप्रशाद रेग्मीको प्रमुख आथित्यता एवं वडा नम्बर १४ का वडा सदस्य नैना कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय ७० जना बढीको सहभागिता रहेको थियो ।

सचेतना कार्यक्रममा सहभागिहरुलाई जनस्वास्थ्य कार्यालय दाङका फोकल प्रर्सन कमल चन्द र स्वास्थ्यकर्मी पार्वता धितालले कोरोना भाइरसका मुख्य लक्षणहरु एक सय चार डिगी भन्दा माथि जोरो आएमा यस रोगको लक्षण हुने, श्रास प्रश्वासमा समस्या, रुघा र खोकी लागेमा आसंका गर्न सकिने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरि कार्यक्रममा उहाँहरुले नियमित रुपमा साबुन पानीले हात धुनुपर्ने, खोक्दा र हाछयुं गर्दा नाक र मुख छोप्नुपर्ने,यस रोगको लक्षण देखा परेमा चिकित्सक सँग परामर्श लिनुपर्ने, लक्षण देखा परेका जो कोहीको समपर्कबाट टाढा रहनुपर्ने, जंगली तथा घरपालुवा पशुपन्छी सागको असुरक्षित सम्र्पकबाट टाढा रहने, पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खानुपर्ने लगाएतका बारेमा प्रशिक्षण दिनुभएको हो ।

त्यसअबसरमा भुमि अधिकार मञ्च पाँच नम्बर प्रदेशका कोषाध्यक्ष रचना कुमाल, भुमि अधिकार मञ्च दाङका पुर्व अध्यक्ष निर्मला विक, त्रिभुवन नगर जेसिजका अध्यक्ष माधव पौडे्, दाङ महिला जेसिजका पुर्व अध्यक्ष निर्मला गौतम लगाएतकाले कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्दै आफु र आफनो परिवालाई जुन सुकै रोगबाट बच्न आग्रह गरेका थिए । कोरोना संक्रमणको बारेमा धेरै आत्तिहाल्नुपर्ने अबस्था नेपालमा नरहेपनि सजकता भने अपनाउनु पर्ने बताए ।

हाल एक सय ३२ देशमा यस रोगको संक्रमण फैलिएको र एक लाख बढी व्यक्तिहरु संक्रमित भएका छन भने पाँच हजार बढीको मृत्यु भएको छ । उपाध्यक्ष बसन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको सचेतना कार्यक्रमको सहजिकरण महासचिव संगिता गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन कार्यकारिणि उपाध्यक्ष नारायणि भण्डारीले गर्नुभएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष भुसालले आगामी दिनमा सबैको सहयोग र सहकार्य मार्फत सामाजिक कार्य गर्दै जाने बताउनुभएको थियो । यस अघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र यस कार्यलाई निरन्तरता दिदै लैजाने बताउनुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*