Home / Feature Breaking news / कांग्रेस पदाधिकारीमा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

कांग्रेस पदाधिकारीमा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग

काठमाडौं,२० कार्तिक । नेपाली कांग्रेसको पदाधिकारीमा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउन्‍डेसनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तर्क्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एकतिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्ने कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एकतिहाइ समावेश गर्नुपर्ने बताइन् । “देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ,” उनले भनिन् ।

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले कांग्रेसले पार्टी क्रियाशील सदस्य कम्तीमा एकतिहाइ महिलालाई उपलब्ध गराउनुपर्ने बताइन् । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारीमा महिला नेतृत्वलाई ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा महिला नेतृहरुले दिनानुदिन शृङ्खलाबद्ध रूपमा भइरहेको महिलामाथिको हिंसा, बलात्कार र हत्याको भर्त्सनासमेत गरेका छन् । यस्तै सरकारले बहुमतका आधारमा संविधान मिच्‍ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नस्वीकार्ने, संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । यसैगरी कोरोना महामारी नियन्त्रणबाहिर जानसक्ने सम्भावना देखिइसकेकाले सरकारसँग निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको मागसमेत गरिएको छ । (रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*