Home / Feature Breaking news / प्रचण्डका घरबेटीको फोटो नगरकोटका सवारीसाधन र बिजुलीका पोलपोलमा

प्रचण्डका घरबेटीको फोटो नगरकोटका सवारीसाधन र बिजुलीका पोलपोलमा

युनिक श्रेष्ठ
काठमाडौँ, २७ कार्तिक

अहिले काठमाडौं उपत्यकाका सडक बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको तस्बिरले सजिएको छ।

सडकका पोल पोलहरूमा उनको स्वागतको लागि तस्बिर राखिएको छ भने उनीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राखिएको छ।

बाटो बाटोमा नेपाल र बंगलादेशबीचको मित्रता झल्काउन बंगलादेश र नेपालको झण्डा पनि सँगै राखिएको छ।

हो यस्तै नगरकोटमा पनि एक जना व्यक्तिको तस्बिर जताततै टाँगिएका छन्। त्यो अरु कसैको नभइ सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको हो।

जो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीसमेत हुन्। तर नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले उनको स्वागतका लागि होइन विरोध गर्नका निम्ति त्यसो गरेका हुन्।

भक्तपुरको कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्मको सडक कालोपत्रे नगरेपछि स्थानीयले उनीप्रति आक्रोश पोखेका छन्।

नगरकोट एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। सडक नबनेपछि पर्यटकहरूले दैनिक सास्ती खेपिरहेका स्थानीयको तर्क छ।

अहिले स्थानीयहरू आजित भएपछि अधिकारीको फोटो सडकका पोलदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा समेत टाँसिएको छ।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sarada/sarada (1).jpg

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sarada/sarada (1).jpg

फोटोमा बाँदर र कुकुरको फोटोसँगै ठेकेदार अधिकारीको फोटो जोडेर नगरकोटको सडक कालो पत्रे गर भनी लेखिएको छ।

कमलविनायकदेखि नगरकोटको भट्टेडाँडासम्म १५.६६० किलोमिटरको सडक स्तरोन्नतिका लागि उनीसँग २०७१ असार २ गते सम्झौता भएको थियो। ‘समयमै बनाउन पर्ने सडक नबनाएपछि नयाँ तरिकाले विरोध गरेका हौं,’ एक स्थानीयले सेतोपाटीलाई भने।

नगरकोटसम्मको बाटो बनाउनका लागि सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार ठेकेदार २०७३ असार ४ गते सम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने थियो। त्यसबेला नबनेपछि कन्स्ट्रक्सनले पटकपटक म्याद थप गर्दै आएको छ।

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sarada/sarada (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sarada/sarada (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sarada/sarada (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sarada/sarada (1).jpg

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*