Home / Feature Breaking news / उपनिर्वाचनलाई मध्यनजर गर्दै बबईमा नमूना मतदान

उपनिर्वाचनलाई मध्यनजर गर्दै बबईमा नमूना मतदान

दाङ, २७ कार्तिक । आगामी मंसिर १४ गतेको उपनिर्वाचनलाई मध्यनजर गरेर पश्चिम दाङको बबई गाउँपालिकामा नमूना मतदान गरिएको छ । निर्वाचनमा जनताको मतलाई खेर जान नदिने उद्देश्यले आयोजना गरेको स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुखहरुलाई निर्वाचन प्रणाली तथा मतदाता शिक्षा एवं नमूना मतदान कार्यक्रममा २८ मत खसेको थियो ।

खसेको २८ मतमध्ये २३ मत सदर र ५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले जानकारी दिए । ‘आगामी उपनिर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलका प्रमुखहरुसँग अन्तत्र्रिmया कार्यक्रमसँगै नमूना मतदानको आयोजना गरेको हौँ’, जिल्ला निर्वाचन अधिकारी खत्रीले भने– ‘त्यस क्रममा २८ जनाले मतदान गर्नुभएको थियो, जसमा २३ मत सदर र ५ मत बदर भएको छ ।’ नमूना मतदानमा भएको नतिजालाई आधार मानेर मतदाता शिक्षा कार्यक्रममा मतदाताहरुलाई सिकाउने बताए ।

जिल्ला निर्वाचन अधिकारी खत्रीका अनुसार उपनिर्वाचनलाई आधार मानेर नमूना मतदानको आयोजना गरिएको समेत बताए । ‘नमूना मतदानमा खसेको मतलाई हेर्दा मतदातालाई कुन ठाउँमा कसरी मतदान गर्ने भन्ने ज्ञान देखिन्छ’, उनले भने– ‘त्यही अनुसार छाप पनि लगाउनुभएको छ, तर केहीले भने मिस्टेक गरेको पाइएको छ ।’ प्राविधिक कमजोरीका बारेमा समेत जानकारी नहँुदा कतिपय मतदाताको मत खेर जाने अवस्था देखिएकाले त्यस्तो नहोस् भनेर अब छिट्टै कार्यक्रम सञ्चालन गर्ने समेत बताए । त्यसका लागि निर्वाचन आयोगले कार्यविधि पठाएपछि कर्मचारीहरु परिचालन गरेर जनतालाई मतदाता शिक्षाका बारेमा जानकारी गराउने बताए ।

प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले निर्वाचनमा ढुक्कसँग जनतालाई मतदान गर्न आग्रह गरेका थिए । निर्वाचनलाई शान्तिपूर्णरुपमा बनाउनका लागि सुरक्षा व्यवस्था मिलाएको भन्दै उनले कोही पनि डराउन नपर्ने बताए । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि सुरक्षा व्यवस्था मिलाई सकेको छौँ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘निर्वाचनका क्रममा मतदानस्थलदेखि जनतालाई कत्ति पनि सुरक्षाको कमी हुने छैन ।’ जिल्ला सुरक्षा समितिले जिल्लाका ३४ मतदानस्थलहरुमध्ये भौगालिक अवस्था, सञ्चार, दूरीसँगै सुरक्षाका दृष्टिले स्थलहरुको बर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको समेत रिजालले बताए । केही समूह निर्वाचनलाई हुन नदिनका लागि सक्रिय रहेको भन्दै उनले त्यसलाई निरुत्साहित बनाउनका लागि सुरक्षा सतर्कता बढाउँदै निस्तेज बनाउनका लागि लागिरहेको बताए । त्यस्ता गतिविधि गाउँमा भए प्रशासनलाई जानकारी गराउन समेत उनले आग्रह गरेका छन् । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउनका विगतको निर्वाचनमा शंकास्पद गतिविधिमा देखिएका कर्मचारी समेत परिचालन नगरिने बताए । त्यस्तै कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले राजनीतिक आस्थाका आधारमा कुनै पनि कर्मचारी निर्वाचनको फिल्डमा नखट्ने बताए । ‘निर्वाचनलाई स्वच्छ र निष्पक्षरुपमा बनाउने मेरो कर्तव्य र दायित्व हो’, मुख्य निर्वाचन अधिकृत थापाले भने– ‘त्यही अनुसार मैले निर्वाचनका क्रममा काम गर्ने बताए ।’

त्यस्तै उनले कुनै पनि राजनीतिक दलले मतदाताहरुलाई आर्थिक प्रलोभन नदेखाउन समेत आग्रह गरेका थिए । आचारसंहिता लागू भइसकेकाले आर्थिक प्रलोभन, सार्वजनिक संरचनाको शिलान्यास, उद्घाटनलगायतका कार्यक्रम नगर्न समेत सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले गरेका थिए ।

मन पनि उज्यालो, दिल पनि उज्यालो, नेतृत्व पनि त्यस्तै उज्यालो । नेपाली कांग्रेसको राजनीतिमा कहींकतै विवादमा नपरेका पाका नेता केशवकुमार शर्मा आचार्य पश्चिम दाङको प्रदेशसभा सदस्यका प्रत्यासी बनेका छन् । राजनीति बुझेका, विकास निर्माण पनि बुझेका पाका नेताले टिकट पाएसँगै पश्चिम दाङमा एउटा चुनावी लहर फैलिएको छ । सडक दुर्घटनामा निधन भएका तत्कालीन प्रदेशसभा सदस्य स्व. उत्तरकुमार वलीकी धर्मपत्नी विमला वलीसँग उनको मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धी जोसुकै भए पनि यो निर्वाचनले राष्ट्रिय राजनीतिको पनि मापन गर्ने आँकलन गरिएको छ । किनकि निर्वाचनमा कसले जित्ने भन्दा पनि जनमतको मूल्यांकन गर्ने यो अवसर पनि हो । पश्चिम दाङका प्रखर एवं जुझारु नेता केशवकुमार शर्मा आचार्यसँग निर्वाचनका सन्दर्भमा गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*