Home / Election / दाङ क्षेत्र नम्बर दुईमा को बलियोः खनाल कि महरा ?

दाङ क्षेत्र नम्बर दुईमा को बलियोः खनाल कि महरा ?

दाङ, ११ मंसीर
मंसिर २१ नजिकिदै गर्दा दाङमा निर्वाचनका लागि दलहरु समेत कसिएका छन । मतदातालाई आफुतिर आकर्षण गर्दै कसरी आगामी निर्वाचनमा आफ्नो बिजयी सुनिश्चित गर्न सकिन्छ भन्ने दाउमा उम्मेदवार तथा पार्टीका नेताहरु अन्तीम कसरतमा लागेका छन ।

दाङ जिल्लाका लागि ठोस योजनाहरु ल्याउनेभन्दापनि जनताहरुलाई कसरी भ्रम सिर्जना गरेर चुनाव जितिन्छ भन्ने दाउमा नेताहरु लागेका छन । त्यसका लागि नेताहरुले यति बेला मतदाताहरुले जे आवश्यकताहरु देखाएपनि पुरा गर्ने प्रतिवद्धतादेखि कतिपय उम्मेदवारहरुले निर्वाचन आचारसंहितालाई लत्याउदै बजेटका लागि केन्द्रमा फोन गर्दिने, सार्वजनिक संघसस्थाका भवन उद्घाटन गर्ने, सडक जाम गर्ने गरि कार्यक्रम गर्नेसम्मका हर्कतहरु गरेका छन ।

जनताहरुलाई प्रभावित पार्ने उम्मेदवारका ठोस योजनाहरु नयाँ खासै देखिदैनन् अहिले । खास गरि नयाँ एजेण्डाका रुपमा प्रादेशिक राजधानी बाहेक उम्मेदवारका अधिकांस योजनाहरु पुराना नै छन् । एकले अर्कालाई आरोप लगाएर आफ्नो राम्रो कुरा गरेर मतदाता फकाउनेमा उम्मेदवारहरुको होडवाजी देखिन्छ ।

त्यसँगै उम्मेदवारहरुले दाङको समृद्धिसँगै दाङलाई पश्चिम नेपालको केन्द्रका रुपमा स्थापीत गर्ने, पाँच बर्षभित्र बेरोजगारसम्म अन्त्य गर्ने, आफुले जितेपछि युवाहरुलाई बेरोजगार हुन नपर्ने, सुकुम्वासीहरुलाई जग्गा उपलव्ध गराउनेदेखि खरका छाना भएका घरमा आफुले जितेपछि टिन लगाईदिने समेतका महत्वकांक्षी प्रतिवद्धता गरेका छन ।

हेरौ नेताहरुले जनतासँग गरेका प्रतिवद्धता कति पुरा गर्छन त्यसका लागि मंसिर २१ गते नै कुर्नु पर्ने भएको छ । त्यसका लागि अव १० दिन मात्र बाँकी छ ।

दाङका तीन निर्वाचन क्षेत्र मध्य निर्वाचन क्षेत्र नं.२ चर्चामा रहेको छ । यस क्षेत्रमा कस्ले उम्मेदवारीको टिकट पाउला भन्नेदेखि अव कस्ले चुनाव जित्ला तँ भन्ने चर्चा शुरु भएको छ । जसको कारण हो अहिले बागठबन्धनवाट नेकपा माओवादीका नेता तथा बहालवाला उपप्रधान मन्त्री कृष्णबहादुर महरा र पूर्व सांसद राजु खनालविचको प्रतिष्पर्धा ।

दुवै नेता यस क्षेत्रका लागि टेष्ट भैइसकेका नेताहरु ह्न् । महरा पहिलो संविधानसभा र खनाल दोश्रो संविधानसभाको निर्वाचनमा यही क्षेत्रवाट बिजयी भएका थिए । त्यसैलेपनि मतदाताका लागि नेताहरु नयाँ छैनन् ।

यसकारण पनि जनताहरुले नेताको हाइट भन्दापनि चुनावी एजेण्डालाई प्राथमिकता दिएका छन् । नेता होइन उनका नयाँ योजनाहरुलाई प्राथमिकता दिने देखिएको छ । २०६३ सालमा भएको पहिलो संविधानसभामा साविक क्षेत्र नं. ३ बाटै निर्वाचित भएका महराले सरकारको महत्वपुर्ण मन्त्रालयहरुको जिम्मेवादी सम्हालदा यस क्षेत्रको विकासका लागि के–के गरे त्यसको समिक्षा जनताहरुले गरिसकेका छन् । त्यसै अनुसार अब परिणाम दिन आतुर देखिएका छन् मतदाताहरु ।

दोश्रो संविधानसभा २०७० सालको निर्वाचनवाट बिजयी भएका पूर्वसांसद खनालले यस क्षेत्रको विकासका के के गरेका छन्, त्यसको पनि जनताहरुले मुल्याङकन गरेका छन् । खनालले यस क्षेत्रका पर्याप्त विकास गरेकाले जनताकहरुमाझ लोकप्रीय छन् । । खनाल बलियो उमेद्वारको रुपमा देखीएका छन् । दुवैका कामको जनताले मुल्याङकन गरेकाले सहि नेता चुन्न जनताहरु चुक्ने छैनन् ।

बामगठबन्धनका संयुक्त उम्मेदवार भएका कारण पनि यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट मानिने महरालाई बलियो उम्मेदवार मानिएको छ । पहिलो संविधानसभाको निर्वाचनमा भारीमतले आफु बिजयी भएको र दाङको विकास लागि आफुले धेरै बजेट पारेका कारणपनि आफनो जित सुनिश्चित भैरहेको महराले चुनावीसभामा बोल्ने गरेका छन् । यद्यपी महराले भने जस्तो सजिलो देखिदैन । उनलाई घुमुवा नेताको रुपमा मतदाताहरुले चिन्ने गरेका छन् ।

लोकतान्त्रीक गठबन्धनका उम्मेदवार खनालपनि दोश्रो संविधानसभाका चुनावमा भारीमतले विजयीभएका नेता हुन् । जुन मत एमाले र माओवादीको मत कुल जोड्दा पनि धेरै थियो । महराको चुनाव जित्ने आधार भनेको स्थानीय तहको निर्वाचमा घोराही उपमहानगरपालिका मेयर उपमयेर एमालले जित्नु र माओवादले जितेको बंगलाचुली गाउँपालिका समेत यसै क्षेत्रमा परेकाले जितका लागि आफु सुरक्षित भएको बामगठबन्धनको विश्वास छ ।

नेपाली काग्रेसका उम्मेदवार खनालपनि आफ्नो जित भैसकेको र नतिजाको पर्खाइमा रहेको बताउछन् । दोस्रो संविधानसभाको चुनाववाट निर्वाचित भैसकेपछि आफुले साविक क्षेत्र नं. ३ को विकासकालागि आफुले धेरै काम गरेको हुनाले पनि आफुले अहिलेपनि चुनाव जित्ने उनको दावि छ । खनालले राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठन बनाउनेदेखि अस्पतालमा आईसियु सेवा सञ्चालन, भरतपुर, सर्रा, नारायणपुरलगायतका क्षेत्रमा खानेपानीको ठुला योजना ल्याएका छन् ।

यस क्षेत्रमा सडक तथा पुल निर्माणका लागि केन्द्रबाट बजेट ल्याउन सफल, दाङलाई खण्डरबाट जोगाउनका लागि कृत्रिम पोखरी निर्माण, घोराही–सौडियार–धारपानी हुने सडक कालोपत्रे, घोराही–रझेना–मसिनाहुदै प्युठान जोड्ने सडकको मसिनासम्म कालोपत्रेलगायतका योजनाहरु परेकाले पनि सबैको माझ लोकप्रीय मानिएका छन् । उनले शिक्षामा पनि स्तरउन्नति गरेका छन् । यसका साथै कांग्रेसभित्रको एकताले पनि उनी विजयी हुने निश्चतिप्रायः भएको मतदाताहरुको भनाई छ ।

खनालले नै संसाद भएको अवस्थामा गरेको विकासमात्र पनि उनी विजयी हुने बलियो आधार छ । मतदाताहरु विकास दिने नेता खोजिरहेका छन् । जसले विकास गर्छ उसलाई मित दिने दाङको अघिल्ला निर्वाचनले देखाएको छ । त्यसका लागि उनी यहि क्षेत्रवासी समेत हुन । महरा ‘टुरिष्ट’ उम्मेदवारका रुपमा भएकाले समेत महरालाई बामगठबन्धनवाटै घात हुने डर छ ।

यस क्षेत्रवाट उठ्ने ठुलै कसरत गरेका नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका शंकर पोख्रेललाई पन्छाएर उम्मेदवार बनेका महराका कारण धेरै एमालेका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् । त्यससँगै माओवादीले शसस्त्र द्धन्द्धको क्रममा एमालेका धेरै नेता कार्यकर्ताहरुलाई दु.ख दिएको, कतिपय आमाबुबाले छोराछोरी गुमाएका, श्रीमतिले श्रीमान गुमाएको पीडा सजिलै भुल्न नसक्ने भएकाले पनि उनीहरुको भोट महरालाई नजाने काग्रेसको बुझाई छ ।

केही दिन अगाडी रोल्पा पुगेर महराले मेरो क्षेत्र मेरो जिल्ला रोल्पा हो दाङबाट त निर्वाचन लड्ने हो भनेर दिएको अभिव्यक्तीले पनि उनलाई दंगालीले रुचाएका छैनन् ।

त्यो सँगै माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म सरकारको महत्वपुर्ण मन्त्रीका रुपमा रहेपनि दाङको लागि कुनै पनि काम गर्न नसकेको जनताहरुको गुनासो छ । जसका कारण पनि दोश्रो संविधानसभाको चुनावमा दाङवाट चुनाव हार्ने डरका कारण महरा रोल्पा पुगेका थिए ।

अहिलेको चुनावमा पनि रोल्पावाट चुनाव लड्ने अन्तिमसमयसम्म पार्टीभित्र कसरत गरेका महरालाई पार्टीकै अर्का प्रभावशाली युवा नेता बर्षमान पुनले आफुले रोल्पा नछोड्ने अडान लिएपछि महरा अन्तीम विकल्पका रुपमा दाङ झरेका नेताका रुपमा मतदाताहरुले लिएकाले पनि भोट नदिने बामगठबन्धनमा डर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*