Home / Feature Breaking news / राप्तीका सहकारीद्वारा चार अर्ब बढिको ऋण लगानी

राप्तीका सहकारीद्वारा चार अर्ब बढिको ऋण लगानी

घोराही, २० भदौ ।
दाङ सहित साविक राप्तीका एक हजार बढी सहकारी मार्फत चार अर्ब बढी ऋण लगानी भएको छ । साविक राप्तीका पाँच जिल्लामा रहेका एक हजार तीन सय ४८ वटा विभिन्न किसिमका सहकारी मार्फत् चार अर्ब सात करोड ५३ लाख ३७ हजार दुई सय १७ रुपैया ऋण लगानी भएको डिभीजन सहकारी कार्यालय दाङले जनाएको छ ।

राप्तीका सहकारीको एक अर्ब आठ करोड २९ लाख २७ हजार चार सय ६० रुपैयामा रहेकोमा चार अर्ब ऋण लगानी भएको हो । सहकारीले हालसम्म तीन अर्ब १३ करोड २२ लाख ३२ हजार पाँच सय ७४ रुपैया बचत गरेको सहकारी डिभीजन कार्यालय दाङका प्रमुख विनोदकुमार पौडेलले जानकारी दिनुभएको छ ।

सहकारी डिभीजन कार्यालय दाङका अनुसार राप्तीमा रहेका एक हजार तीन सय ४८ वटा विभिन्न सहकारीमा दुई लाख ४५ हजार आठ सय ३७ जना सेयर सदस्य रहेका छन् । कार्यालयका अनुसार सबैभन्दा धेरै दाङमा दुई अर्ब २ करोड ५७ लाख ८ हजार ८४ रुपैया ऋण लगानी भएको छ ।

त्यस्तै प्युठानमा ६१ करोड ८३ लाख छ हजार पाँच सय ७९, सल्यानमा ४४ करोड ४२ लाख ५२ हजार पाँच सय चार, रुकुममा ४१ करोड ९९ लाख नब्बे हजार २१ रुपैया र सबैभन्दा कम रोल्पामा १६ करोड ४७ लाख ९१ हजार ६५ रुपैया ऋण लगानी भएको डिभीजन सहकारी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*