Home / समाचार / सामुदायिक प्रहरीद्वारा साईबर अपराध विरुद्ध सचेतना अभियान

सामुदायिक प्रहरीद्वारा साईबर अपराध विरुद्ध सचेतना अभियान

दाङ, ३० साउन
पछिल्लो समयमा साईबर अपराधका घटनाहरु बढ्दै जान थालेपछि सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीले सचेतना कार्यक्रम सुरु गरेको छ ।

विकास हुदै गएको प्रविधीको दुरुपयोग गर्दै अपराधका घटनाहरु बढ्न थालेपछि सेवा केन्द्रले विद्यार्थीहरुकालागि सचेतना कार्यक्रम सुरु गरेको हो ।

जस अन्तरगत केन्द्रले वुधवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको मावि रझेनामा सचेतना कार्यक्रम गरेको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साईबर अपराधबारे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक गोपाल रायमाझीले प्रशिक्षण दिनुभएको थियो ।

39142021_236142863899336_5141012648573272064_n

जसमा साईबर अपराध भनेको के हो, प्रविधीको दुरुपयोग कसरी हुन्छ, अपनाउनुपर्ने सतर्कता एवं कानुनी व्यवस्थाका विषयमा जानकारी दिनुभएको थियो ।

केन्द्रका अध्यक्ष अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक उद्धन्व न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।

39167096_242546733117025_3547111819300569088_n

केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सदस्य बसन्त पुनले गर्नुभएको थियो ।

साईबर अपराधबारे विद्यालयकालागि सचेतना कार्यक्रम निरन्तर हुने अध्यक्ष विष्णु पुनले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*