Home / Feature Breaking news / तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा

तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा

तुलसीपुर,१५ मंसिर । तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा गरिएको छ । बिगत एक बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ ले हर्न निषेधीत क्षेत्र घोषणा गरेको थियो भने अहिले प्रदेश प्रहरी कार्यालय र तुलसीपुर उपमहानगरपालिकाले हर्न निषेध घोषणा गरेको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रम गरि तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधीत क्षेत्र घोषणा गरिएको हो ।

साथै आईतबार देखि तुलसीपुर बजार पूर्ण रुपमा हर्न निषेधीत हुने समेत अपेक्षा लिईएको छ । भोली देखि तुलसीपुर बजारमा पुर्ण रुपमा हर्न बजाउन रोक लगाईएको छ । यदि अटेर गरि हर्न बजाएमा पाँचसय देखि एकहजार पाँचसयसम्म जरिवाना गरिने प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसीले बताए । तुलसीपुर बजारको उत्तरमा शिवनगर टोल, दक्षिणमा गुम्राहचोक, पूर्वमा हात्तीखौवा र पश्चिममा दोघरे भित्र हर्न बजाउनेलाई कारबाही गरिने उनले बताए ।

हर्न निषेधीत क्षेत्र भनि शनिबार नै तुलसीपुर बजारको चोकचोक, प्रत्येक बिद्युतका पोल तथा सार्बजनीक स्थानमा पर्चा, पम्पलेट, लाईटलगायतका सामग्री टाँसिएको छ ।त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जथाभावी हर्न बजाउँदा तुलसीपुर बजारमा ध्वनी प्रदुषण भएकाले यसलाई प्रभाबकारी रुपमा अगाडि बढाईने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*