Home / समाचार / शान्ति पहलकर्ताहरुलाई कथा कथन र लेखन तालिम

शान्ति पहलकर्ताहरुलाई कथा कथन र लेखन तालिम

दाङ, १३ साउन

द्धन्दपिडीत महिलाहरुकोलागि सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमका महिला शान्ति पहलकर्ताहरुलाई तीन दिने कथा वाचन तथा लेखन तालिम घोराहीमा सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ र रोल्पा जिल्लामा द्धन्दपीडत महिलाहरुकोलागी सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रममा आवद्ध महिला शान्ति पहलकर्ताहरुलाई कथा लेखन र कथा कथन तालिम दिईएको हो ।

सशस्त्र द्धन्दको समयमा विभिन्न माध्यमबाट प्रत्यक्ष पीडा भोगेका महिलाहरुकालागी सञ्चालि कार्यक्रमका शान्ति पहलकर्ताहरुलाई द स्टोरी किचनको टीमले तालिम सहजिकरण गरेको थियो । तालिममा द्धन्दको समयमा हुने महिला हिंसा, यसको संरचनात्मक कारण र नेपालको सन्दर्भ, महिला शान्ति पहलकर्ताहरुको काम, चुनौति र समाधानका उपायहरु, कथा सुन्ने तरिका, कथा लेख्ने तरिका लगायतका विषयमा छलफल गरिएको थियो । तालिमको सहजिकरण द स्टोरी किचनका जया लुईटेल, बीजु कडे, सुनिता र साकाले गर्नुभएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको तालिम समापनका अवसरमा नागरिक आवाज ललितपुरका कार्यक्रम म्यानेजर हरिबहादुर धामी, वरिष्ठ कार्यक्रम अधिकृत शीखा भट्टराई, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव एवं कार्यक्रमका फोकल पर्शन शीवा योगी, दाङ जिल्लाका कार्यक्रम प्रमुख रमेश, रोल्पाका कार्यक्रम प्रमुख दिनेश सुवेदी, महिला शान्ति पहकर्ताहरु जया चौधरी र घनी बि.कले मन्तव्य राख्नुभएको थियो ।

सहभागीहरुले तालिमले आफूहरुलाई समाजमा गएर द्धन्दपीडीतहरुकोलागि काम गर्न सहज हुने बताएका थिए । कार्यक्रमको सहजिकरण महिला शान्ति र सुरक्षा कार्यक्रमका मनोविमर्शकर्ता लक्ष्मी ढकालले गर्नुभएको थियो । द्धन्दपिडीत महिलाहरुकालागी दाङ र रोल्पामा महिला शान्ति र सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । जसले द्धन्दपिडीत महिलाहरुको मानसिक स्वास्थ्य र आयआर्जनको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम प्रमुख रमेश केसीेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*