Home / Feature Breaking news / काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक
फाईल तस्वीर

काठमाडौंबाट चितवन र धादिङ भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानतर्फ जाने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कन्ट्रोल रुमले जनाएको छ ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी, १७ किलो र ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ । जसका कारण गएरातिदेखि नै सवारी आवागमन रोकिएको छ । पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ । पृथ्वी लोकमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङ खानीमा आज बिहानै पहिरो खस्दा सवारी आगावमन अवरुद्ध भएको छ ।

आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । धादिङकै धुनिबेशी नगरपालिका ९ निमार्णाधीन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो पन्छ्याइएको छ । पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*