Home / Feature Breaking news / बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

राप्ती सन्देश समाचारदाता
देउखुरी,१९ फागुन । बोक्सीको आरोपमा दाङको देउखुरीमा महिलामाथि कुटपिट भएको छ। राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी ३५ बर्षिया सुशिला कुवरमाथि कुटपिट भएको हो । बोक्सीको आरोप लगाउदै स्थानीय ७ जना व्यक्तिहरुले आफुलाई शक्रबार बेलुका कुटपिट गरेको भन्दै कारबाहीको लागि इलाका प्रहरी कार्यालय गढवामा पीडित घरपरिवारले निवेदन दिएका छन ।
पीडित पक्षले राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर, मनोज कवर, ईन्द्रबहादुर भण्डारीको नाम उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
धनबहादुर कवरकी बुहारी ईन्द्रा कवर बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको बताएपछि आफूमाथि कुटपिट भएको अस्पतालमा उपचारत पीडित महिलाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*