Home / Feature Breaking news / खुमबहादुर खड्का भलिबलमा सेमिफाइनल खेल्ने टिम तय

खुमबहादुर खड्का भलिबलमा सेमिफाइनल खेल्ने टिम तय

दाङ,२० फागुन । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका खेल सकिएसँगै प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

शुक्रवार भएको लिगको अन्तिम खेलमा शान्तिनगरले बंगलाचुली गाउँपालिकालाई २५–१८ र २६–२४ को सोझो सेटमा हराएसँगै शान्तिनगर समूह ‘बी’को उपबिजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । त्यसअघिको खेलमा घोराही उपमहानगरपालिकाले बबई गाउँपालिकालाई २५–१८ र २५–१४ को सेटमा हराउँदै प्रतियोगितामा समूह ‘बी’को बिजेता बनेको हो ।

यसअघि समूह ‘ए’बाट तुलसीपुर उपमहानगरपालिका समूह बिजेता र राप्ती गाउँपालिका उपबिजेता बनेका थिए । समूह चरणका चार खेल मध्य चारै खेल जितेर घोराही समूह ‘बी’ बिजेता बनेको छ भने चार खेल मध्य तीन खेल जितेर शान्तिनगर उपबिजेता बन्न पुगेको छ । समूह ‘बी’ को बिजेता बनेको घोराही उपमहानगरपालिकाले र समूह ‘ए’ उपबिजेता राप्ती गाउँपालिकासँग खेल्ने छ भने समूह ‘बि’को उपबिजेता शान्तिनगरले समूह ‘ए’को बिजेता तुलसीपुर उपमहानगरपालिकाको सामना गर्नेछ ।

पहिलो सेमिफाइनल खेल फागुन २१ गते शनिवार विहान ८ बजे समूह ‘ए’ को बिजेता तुलसीपुर उपमहानगरपालिका र समूह ‘बी’को उपबिजेता शान्तिनगर गाउँपालिकाबिच हुनेछ । त्यसैगरी दोश्रो सेमिफाइनल खेल दिउँसो ४ बजे समूह ‘बी’को बिजेता र समूह ‘ए’को उपबिजेता राप्ती गाउँपालिकाबिच हुने खुमबहादुर खड्का स्मृति खेलकुद समितिले जनाएको छ ।

फागुनको १६ गतेदेखि सुरु प्रतियोगिता फागुनको २२ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका दश वटा पालिकाका भलिबल टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख र उपबिजेता हुने टिमले नगद एक लाख रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई नगद पाँच हजार एक सय रुपैयासहित ट्रफि प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*