Home / Feature Breaking news / खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता : राजपुर, लमही, राप्ती र शान्तिनगर विजयी

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता : राजपुर, लमही, राप्ती र शान्तिनगर विजयी

घोराही, २१ माघ । घोराहीमा जारी लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता ‘दोश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता–२०७९ मा राजपुर गाउँपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका विजयी भएका छन् ।

नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत सहिद प्राङ्गणमा भईरहेको प्रतियोगिताको दोश्रो दिन शनिबार राजपुर गाउँपालिका र बंगलाचुली बंगलाचुली गाउँपालिकाबीच भएको शनिवारको पहिलो खेलमा राजपुरले ३–१ को सेटमा बंगलाचुलीलाई हराएको थियो । प्रतियोगिताको तेश्रो खेलको पहिलो सेटमा २५–२१ ले जितेको बंगलाचुलीले त्यसपछिका खेल जित्न सकेन । राजपुरले २५–१८, २५–१५ र २५–१४ ले खेल आफ्नो पक्षमा पार्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।

 

शनिवार भएको दोश्रो तथा प्रतियोगिताको चौथो खेलमा लमही नगरपालिकाले दंगीशरण गाउँपालिकालाई २५–१७, २५–१८ र २५–१७ को सोझो सेटमा हराउँदै बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उक्त खेल अवधिभर हावी भएका लमही नगरपालिका भलिबल खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुवागत गरेको छ । शनिवार दिउँसोको तेश्रो तथा प्रतियोगिताको पाँचौं खेलमा गत संस्करणको विजेता रहेको तुलसीपुर उपमहानगरपालिका खेलमा सहभागी नभएपछि प्रतिष्पर्धी शान्तिनगर गाउँपालिकाले अंक पाएको छ ।

यसअघि शुक्रबार भएको उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिकाको टिम बबई गाउँपालिकासँग पराजित भएको थियो । प्रतियोगिता अन्तरगत शनिबारको अन्तिम तथा प्रतियोगिताको छैठौं खेलमा गत वर्षको उपविजेता राप्ती गाउँपालिकाले पहिलो जीत निकालेको छ । राप्तीले घोराही उपमहानगरपालिकालाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

 

नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडीहरु मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टलगायतका खेलाडीहरुसहित प्रतियोगितामा सहभागी भएको राप्ती गाउँपालिकाको टिमले घोराहीलाई २५–२०, २५–२२ र २५–१६ अंकका साथ पराजित गरेको थियो । राप्ती गाउँपालिकाले प्रतियोगिताको नियम अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडी पनि सहभागी गराएको छ ।

लिग चरणमा भईरहेको खेलमा जिल्लाका दश वटै पालिकाको सहभागी रहेको छ । प्रतियोगिता अन्तरगत अब तेश्रो दिन आईतबार बबई गाउँपालिका र राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकाबीच बिहान खेल हुनेछ भने दिउँसो बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरपालिकाबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टिमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*