Home / Feature Breaking news / फलफुलको मूल्यमा मनोमानी

फलफुलको मूल्यमा मनोमानी

दाङ,२२ वैशाख । जिल्लाका बजारमा फलफुलको मूल्यमा एकरुपता हुन सकेको छैन् । मनोमानि रुपमा फलफुलको मूल्य आफु खुसी तोक्दा उपभोक्ताहरु दिनहु ठगिने गरेकाछन् । वजारमा स्याउँ, केरा, अनार, अंगुरलगायतका फलफुलमा आफुखुसी मूल्य तोकिने गरेकाछ । फुटकर व्यवसायीहरुले मान्छे हेरेर मूल्य तोकने गरेकाछन् ।

शनिवार एक जना महिलाले वीपी चोकमा प्रतिकेजी अंगुर १ सय ८० रुपैयाँमा किनिन् , तर त्यहि अंगुर अर्को चोकमा भने १ सय ४० रुपैयाँमा कारोवार भैरहेको थियो । ‘फलफुलको मूल्यमा एकरुपता छैन् एउटै बस्तुमा किन्दा एउटै वजारमा ४० रुपैयाँ फरक छ –उपभोक्ता चन्द्रा वलीले भनिन् ।

त्यसैगरी सेउ केरा, र अनारमा पनि यस्तै मूल्य फरक पर्ने गरेको उपभोक्ताहरु बताउछन् ।अनार पनि १सय ८० देखि २ सय ४० सम्ममा हालेर उपभोक्ताहरुले किन्ने गरेकाछन् । त्यस्तै स्याउ पनि कुनै स्थानमा प्रति केजी १ सय ५० त कुनै स्थानमा १ सय ८० सम्ममा विक्री हुने गरेकोछ ।

सम्वन्धीत निकायले यस तर्फ ध्यान नदिदा उपभोक्ता दिनहुँ यसरीनै ठगीने गरेको बताएकोछ । ‘यहाँ जसले जे गरेपनि हुन्छ मूल्यमा एकरुपता छैन् जसले जति खान सक्यो खान्छन् –स्थानीय करविर खड्काले भने । उनले आफुहरुले बाग्रेनिङ गरे भने प्रति केजी १० देखि १५ रुपैयाँ घटाउने गरेको बताए । ‘व्यापार फाइदाकै लागि गर्नेहो, तर ५, १० रुपैयाँ फरक पर्नु स्वभाविक हो तर यहाँ धेरैनै फरक पर्छ –उनले भने ।

त्यस्तै केरा, तरभुजालगायतका फलफुलमा पनि यस्तै मूल्य फरक पर्ने गरेको उपभोक्ताहरु वताउछन् ।दिनहुँ यसरी उपभोक्ताहरु ठगिदा पनि कोही कसैले यस तर्फ ध्यान दिन नसेको बताएकोछ । त्यस्तै बजारमा ठेलामा फलफुल विक्री गर्नेहरुले दर्जनमा केरा गनेर झोलामा हाल्दा समेत ठग्ने गरेका छन् । दर्जनमा १२ वटा हुनेमा १० वटा हाल्ने गरेको पाएकोछ । ‘हिजो म पनि यरीनै ठगिएको थिए, एक दर्जन केरा किनेको घर जादाँ १० वटामात्र थिए –स्थानीय कमला खड्काले भनिन् ।

निश्चित स्थानमा फलफुलको व्यवसायी नगर्ने र एक दिन एक ठाउँमा अर्को दिन अर्कोठाउँमा यसरीनै मनोमानि रुपले व्यवसायी गर्दा ठगीगर्ने व्यक्ति नभेटिने समस्या रहेको उपभोक्ताहरु बताउछन् । त्यस्तै फुटकर फलफुल व्यवसायीहरुले भने आफुहरुलाई जस्तो खरिद आयो त्यस्तै मूल्य तोक्ने गरेको बताउछन् । डिलरबाट जति मंहगो आयो त्यतिनै मंहगो र जति सस्तो आयो त्यतिनै सस्तो उपभोक्तालाई दिने गरेको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*