काठमाडौं,१८ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ। राजधानीको राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला प्रचण्डमाथि जुत्ता प्रहार भएको हो।
प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरिएपनि मन्चमा नपुगेको र प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले जनाएका छन्।
तत्कालीन नेकपा एमालेका नेता तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा नेकपाले सभागृहमा प्रवचन कार्यक्रम राखेको थियो।