Home / Feature Breaking news / थप २७ जनामा कोरोना संक्रमण, ३६ जिल्लामा फैलियो

थप २७ जनामा कोरोना संक्रमण, ३६ जिल्लामा फैलियो

काठमाडौं, ६ जेठ । मंगलवार थप २७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । २७ जना संक्रमितको संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमतिको संख्या ४०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण थपिएका छन ।

त्यस्तै झापाका ९ जना, मोरङ र सुनसरी, मनवानपुर, रामेछाप, नवलपरासी, सिन्धुली र लमजुङका एकएक जना, सर्लाहीका २ जना र कपिलवुस्तका चार जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*