Home / Feature Breaking news / कोरोना संक्रमितको उपचार अब प्रतिष्ठानमै हुने

कोरोना संक्रमितको उपचार अब प्रतिष्ठानमै हुने

दाङ, ६ जेठ ।

कोरोना संक्रमितलाई अव घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार गरिने भएको छ । कोरोना भाइरसको परिक्षण गर्दै आएको प्रतिष्ठानले अव बिरामी संक्रमित पुष्टि भए प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले मंगलवारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेर कोरोना संक्रमितहरुलाई प्रतिष्ठानमै राखेर उपचार गर्ने भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत रहेका सम्पूर्ण अस्पतालहरुलाई मन्त्रालयमा पेश गरे अनुसारको आइसोलेशन बेड र जनशक्ति तयारी अवस्थामा राख्न समेत प्रतिष्ठानले आग्रह गरेको छ ।

‘प्रतिष्ठान अन्तर्गत रहेका अस्पतालहरुलाई मन्त्रालयमा पेश गरेको विवरण अनुसार आइसोलेशन बेड र जनशक्ति तयारी अवस्थामा राख्न आजै निर्देशन गरेका छौ’,प्रतिष्ठानका रजिस्ट्रार देबले भने,‘केही आवश्यक परे प्रतिष्ठानसँग समन्वय गर्न समेत अस्पतालहरुलाई आग्रह गरेका छौ ।’ प्रतिष्ठानले बिरामीहरुलाई तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललगायतका अन्य अस्पतालहरुमा जान आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*