दाङ,२९ जेठ । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद गजेन्द्र बोहराले गाउँको विद्यालयमा अक्षकोष स्थापना गरेका छन । स्वर्गीय आमा भीमा बोहराको १३ औ दिनको पुण्यतीथिका अवसरमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा बोहराले माध्यामिक विद्यालय हापुर निघुवारमा अक्षकोष स्थापना गर्ने घोषणा गरेका हुन ।
अक्षकोषको राशी ५० हजार रहने र उक्त राशीको व्याजवाफत आउने रकमवाट हरेक बर्ष विद्यालयमा अध्ययन गर्ने अनाथ तथा असाहय बालबालिकालाई पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं नेपाल पत्रकार महाँसंघका केन्द्रिय सचिव उदय जिएमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले स्वर्गिय बोहराले समाजिक तथा शिक्षा क्षेत्रमा पुर्याएकोे योगदानको चर्चा गर्दै बोहराको निधनले समाजमा अतुलनिय क्षती पुगेको वताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महाँसंघका निवर्तमान केन्द्रिय सदस्य अजयदिप शर्मा, नेपाल पत्रकार महाँसंघ दाङका सल्लाहकार दुर्गालाल केसी, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, माध्यमिक विद्यालय निघुवारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु परियार, विद्यालयका प्रधानाध्यापक अर्जुन न्यौपाने ,नेपाली काङग्रेस त्रिपुर नगर सभापती दिपक पाण्डे, दिवंगत बोहराका जेठा छोरा गजेन्द्र वोहरा लगायतले वोलेका थिए ।
नेपाल पत्रकारमहाँसंघ दाङ, प्रेस युनियन, प्रेस संगठन र प्रगतिशील पत्रकार संघ दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । स्वर्गीय वोहराको ६२ वर्षको उमेरमा उपचारका क्रममा जेठ १७ गते निधन भएको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सहसचिव शर्मिला डिसीले गरेकी थिइन ।