दाङ, ३ असोज
संविधान दिवश दाङमा पनि मनाईएको छ । तेस्रो संविधान दिवशको अवसरमा घोराहीमा प्रभातफेरी तथा अन्तरक्रीयात्मक कार्यक्रम भएको छ ।
दिवशको अवसरमा घोराहीमा प्रभातफेरी गरिएको थियो । तुलसीपुर चोकबाट सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो । प्रभातफेरीमा स्थानीय तहका प्रमुखहरु लगायत सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक संघसंस्था, कानुनसँग सम्वन्धी निकायहरुको सहभािगता रहेको थियो ।
दिवश आयोजक मूल समितिको आयोजनामा प्रभातफेरी गरिएको थियो भने हरेक स्थानीय तहले पनि दिवशको अवसरमा कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
घोराहीमा भएको प्रभातफेरी पछि कार्यक्रम पनि भएको थियो । मूल समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपाका मनोहर बुढाथोकी, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नपालीको ठुलो मेहनतले लामो समयपछि २०७२ साल असाजे ३ गते नेपालको संविधान जारी भएको दिनमा देशभर विभिन्न कार्यक्रम गरि संविधान दिवश मनाइदैछ ।