Home / Feature Breaking news / ब्लडको अभाव हुन नदिन सेवा घरमा रक्तदान

ब्लडको अभाव हुन नदिन सेवा घरमा रक्तदान

दाङ,६ कार्तिक । दाङमा व्लडको अभाव हुन नदिनका लागि शनिवार घोराहीमा रक्तदान गरिएको छ । मानव कल्याण समाज सेवा घरको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।

मानव कल्याण समाज (सेवा घर)का केन्द्रीय सस्थापक सचिव बिजय पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले राज्यले गर्नुपर्ने काम सेवा घरका माध्यमबाट मानव कल्याण समाजले गरेर उदाहरणीय प्रस्तुत गरेको बताए ।

घरपरिवारले सम्हाल्न नसकेर सडकमा आएका मानिसहरुलाई सेवा दिएर घोराही उपमहानगरपालिकालाई सडक मानव मुक्त नगर बनाउन सस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । नगर प्रमुख चौधरीले सेवाघरलाई उपचारसहितको सेवा बनाउने गरि सस्थालाई लाग्न आग्रह गर्दै त्यसका लागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने बताए ।

‘सेवा घरलाई बेसाहरा सडक मानवलाई राख्ने मात्र होइन, उपचार गर्ने व्यवस्थासहितको बनाउनका लागि तपाईहरु लाग्नुहोस’,नगर प्रमुख चौधरीले भने,‘त्यसका लागि आवश्यक औषधीलगायतको सेवा उपमहानगरपालिका उपलव्ध गराउँछ ।’ उनले सेवा घरले प्रचार मात्र नभएर काम समेत गरेको बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका ५ का अध्यक्ष बिष्णुमणि दाहाल र घोराही उपमहानगरपालिका १४ अध्यक्ष शक्तिराम डागीलगायले सडक जीवन बिताइरहेका मानिसहरुलाई उद्दार गरेर सस्थाले मानवीय सेवाको काम गरेको बताए । उनीहरुले राम्रो काम गर्ने सस्थालाई आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताएका थिए । उनीहरुले मानवसेवामा समर्पित सस्थाले रक्तदान गरेर महत्वपूर्ण काम गरेको बताएका थिए ।

कार्यक्रममा सस्थाका केन्द्रीय सचिव बिजय पोख्रेलले मानवताको समाज निर्माण गर्ने उद्देश्यले घोराहीमा सेवा घर अघि बढेको बताए । उनले यस क्रममा घोराहीलगायतका जिल्लाका विभिन्न स्थानबाट करीब एक सय बढी सडक मानवहरुको उद्दार गरिएको र त्यस मध्य ३० जनालाई उद्धारपछि उपचारपछि घरमै पुनःमिलन गरिएको बताए ।

त्यस्तै अन्य ३० जनालाई सडकबाटै स्थानीय जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा परिवारमा पठाएको सस्थापक सचिव पोख्रेलले बताउ । उनका अनुसार हाल सेवा घरमा ४० जना असाय,अशक्त तथा अपांगगता भएका नागरिकहरु रहेका छन् । सस्थाले देशका विभिन्न ठाउँहरुमा सेवा घरमा माध्यमबाट सडक जीवन विताइरहेका नागरिकहरुको उद्धार गरेर सेवाको काम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण सुस्मिता श्रेष्ठले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*