Home / Feature Breaking news / दाङका एक कोरोना संक्रमितको बाँकेमा निधन

दाङका एक कोरोना संक्रमितको बाँकेमा निधन

दाङ,२७ पुस । दाङ घोराही निवासी एक कोरोना संक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका– २ निमुरीया निवासी ३९ बर्षीय कुमार केसीको उपचारका क्रममा अस्पतालमा आज सोमवार मृत्यु भएको हो ।

केसीलाई केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गर्दा रिपोट नेगेटिभ आएको थियो । तर स्वास्थ्यमा समस्या बढ्दै गएपछि उपचारका लागी नेपालगन्ज लगिएको थियो ।

कोरोना परिक्षण गराउदा रिपोट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उपचारकै क्रममा सोमवार उनको निधन भएको अस्पतालले जनाएको छ । योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*