Home / Feature Breaking news / बबईमा डुवेर एक युवकको मृत्यु
सांकेतिक तस्वीर

बबईमा डुवेर एक युवकको मृत्यु

दाङ,१६ असार । बबई नदीमा डुवेर एकजना युवाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ बर्षीय शिवराज पुनको नहुाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । साथीहरुसंगै नुहाउन भनि गएका पुन घोराही–८ बेलरीस्थित बबई नदीमा आइतवार बेलुका ६ बजेतिर डुवेर बेपत्ता भएका थिए । पुनसंगै नुहाउन गएका अन्य तीन जना उनका साथीहरु भने सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा खटिएको १३ जना प्रहरी र स्थानीयको सहयोगमा झन्डै २० मिटर गहिराईबाट आज पुनको शव निकालिएको जिल्ला प्रहरी प्रबक्ता विक्रम शाहले बताए ।

पुन आइतवार बेलुका नै डुवेको भएपनि स्थानीयले प्रहरीलाई सोमवार (आज) विहान खवर गरेपछि खोजीका लागि प्रहरी परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*