Home / समाचार / स्व.कोइरालाको जन्म जयन्तीमा कार्यक्रम गरिने

स्व.कोइरालाको जन्म जयन्तीमा कार्यक्रम गरिने

दाङ,१६ असार । नेपाली राजनीतिका शिखर पुरुष ,क्रान्ति नायक स्व.गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दांङले कार्यक्रम गर्ने भएको छ । जन्म जयन्तीका अवसरमा असार १८ गते बुधवार बिहान ११ बजे पार्टी कार्यालय घोराहीमा कार्यक्रम गर्ने भएको छ ।

नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डागीले सोमवार एक प्रेस विज्ञप्ति निकालेर कार्यक्रमको बारेमा जानकारी दिएका छन । उक्त कार्यक्रममा उपस्तिथिका लागि केन्द्रिय सदस्य, नेपाली जिल्लाकार्यसमिति, पूर्व सभापति, वर्तमान एवम पूर्व सांसद,सभासद, प्रदेश सभा सदस्य महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति, पूर्व पदाधिकारी ,नगर कार्यसमिति, भातृ सस्था,गाउँ,वडा कार्यसमिति,शुभेच्छुकलगायत सम्पुर्णलाई उपस्थीत हुन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*