Home / समाचार / औषधि विक्री गर्ने ठाउँमा फर्मासिस्ट राख्नुपर्ने

औषधि विक्री गर्ने ठाउँमा फर्मासिस्ट राख्नुपर्ने

दाङ,१६ असार । औषधि बिक्री गर्ने ठाउँहरुमा अनिवार्य रुपमा फर्मासिस्ट राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाल फार्मेसी संघको आयोजनामा तुलसीपुर उपमहानगरपालिकामा ‘जहा औषधि पसल,त्यहाँ फर्मासिस्ट’ भन्ने नाराका साथ भएको अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले फर्मासिस्ट नहुदा औषधि कसरी राख्ने, डेट भए÷नभएको अवस्थासँगै विरामीलाई विक्रि गर्नेमा समस्या देखिएको भन्दै औषधि स्टोरदेखि नगरका स्वास्थ्य केन्द्रमा फर्मासिस्ट राख्नुपर्ने बताएका हुन ।

संघका अध्यक्ष सुलभ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेयले तुलसीपुर उपमहानगरपालिकामा रहेका स्वास्थ्य केन्द्रमा फर्मासिस्ट राख्ने बताएका छन । जनतालाई सहज रुपमा औषधि प्रदानकालागि उपमहानगरपालिकाले अनिवार्य रुपमा फर्मासिस्ट राख्ने बताए ।

त्यस्तै कार्यक्रममा बोलने अन्य बक्ताहरुले औषधि विक्रि गर्ने ठाउँमा फार्मेसिष्ट अनिवार्य रुपमा राख्नुपर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहाल, फर्मासिस्ट बसन्त योगी, कृष्ण जोशीलगायत बक्ताहरुले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल फार्मेसी संघका जिल्ला सचिव श्यामकुमार गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*