Home / Feature Breaking news / दाङमा ६३ मिल उद्योग, २६ करोड बढी लगानी

दाङमा ६३ मिल उद्योग, २६ करोड बढी लगानी

बिमला घर्ती
घोराही, १४ भदौ

कुटान र पिसानीका लागि अत्यन्त आवश्यक पर्ने मिलमा लगानी बढ्दै गएको छ । जिल्लाका सवै स्थानीय पालिकामा गरेर २६ करोड भन्दा बढीको लगानी मिल उद्योगमा भएको छ ।

अहिले जिल्लाका सबै जसो क्षेत्रमा कुटानी, पिसानी र पेलानीका लागि मिल स्थापना गरिएको छ । जसमा करोडौ रुपैँया लगानी गरिएको छ । यसले उद्योगको संख्या बढाएको मात्रै छैन रोजगारीको अवसर पनि सिर्जना गरेको छ । जिल्लाका शहरी तथा दुर्गम क्षेत्रमा उल्लेखनीय मात्रामा मिल उद्योग स्थापना गरिएका छन् ।

दाङ जिल्लाको समग्र स्थानमा अहिले सात सय ६३ वटा मिल उद्योग छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर वलीले पछिल्ला समयमा उद्योग स्थापना र लगानी पनि बढ्दै गएको बताउनुभयो ।

जिल्लाका सबै जसो स्थानीय तहमा मिल उद्योगमा लगानी आर्कषक देखिएको छ । जसमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका लमही नगरपालिकामा र सात गाउँपालिकामा मिल उद्योगमा करोडौ रुपैँयाको लगानी गरिएको वलीले जानकारी दिनुभएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत वलीले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिकामा दुई सय नौ, तुलसीपुर उपमहानगरपालिकामा दुई सय ५५, लमही नगरपालिकामा ४९, राप्ती गाउँपालिकामा ४२, गढवा गाउँपालिकामा ५९, राजपुरमा ४३, बंगलाचुलीमा १३, शान्तिनगरपालिकामा ३५, बबईमा २९, दंगिशरणमा २९ वटा मिल उद्योग स्थापना भएका छन् ।

घोराही उपमहानगरपालिका क्षेत्रका दुई सय नौ उद्योगमा कुल १२ करोड, ६८ हजार आठ सय ८५ रुपैँया पुँजी लगानी रहेको छ । छ करोड ४४ लाख ७८ हजार दुई सय ६५ रुपैँया स्थिर र पाँच करोड ५६ लाख छ हजार चालु पुँजी लगानी रहेको छ । भने १८ करोड ४३ लाख ८६ हजार चार सय रुपैँया उत्पादन क्षमता रुपैँया छ ।

तुलसीपुरका दुई सय ५५ मिल उद्योगमा २१ करोड, ४६ लाख ६६ हजार आठ सय कुल लगानी रहेको छ । १० करोड ७४ लाख ९७ हजार एक सय स्थिर र १० करोड ७१ लख ६९ हजार छ सय रुपैँया चालु पुँजी रहेको जानकारी गराइएको छ । तुलसीपुरमा स्थापित मिल उद्योगमा ५९ करोड ७८ लाख ९९ हजार पाँच सय रुपैँया उत्पादन क्षमता रुपैँया रहेको छ ।

यसैगरी लमही नगरपालिकामा ४९ वटा मिल उद्योग संचालनमा छन् । जहाँ छ करोड ७३ लाख ८७ हजार रुपैँया कुल लगानी, एक करोड ८३ लाख ९१ हजार स्थिर लगानी रहेको छ । भने चार करोड ८९ लाख ९५ हजार रुपैँया चालु पुँजी लगानी गरिएको छ । उत्पादन क्षमता भने नौ करोड ५३ लाख १८ हजार रहेको छ ।

गाउँपालिकामा पनि मिल उद्योगमा लगानी धेरै देखिएको छ । राप्ती गाउँपालिकामा ४२ वटा मिल उद्योग संचालनमा छन् । जहाँ एक करोड ३७ लाख १४ हजार स्थिर, एक करोड ४१ लख ५२ हजार चालु पुँजी लगानी रहेको छ । भने दुई करोड ७८ लाख ७६ हजार कुल लगानी र नौ करोड ५३ लाख १८ हजार रुपैँया उत्पादन क्षमता रुपैँया रहेको जानकारी गराइएको छ ।

गढवा गाउँपालिकामा ५९ वटा मिल उद्योग संचालनमा रहेका छन् । एक करोड ८१ लाख ४५ हजार स्थिर लगानी, एक करोड १५ लाख ७० हजार चालु लगानी गरी दुई करोड ८३ लाख दुई हजार रुपैँया कुल लगानी रहेको जानकारी दिइएको छ । जहाँ दुई करोड ५० लाख पाँच हजार उत्पादन क्षमता रहेको जानकारी दिइएको छ ।

यस्तै राजपुर गाउँपालिकामा ४३ वटा मिल उद्योग स्थापना गरिएको छ । जहाँ एक करोड ७५ लाख ८३ हजार रुपैँया कुल लगानी रहेको छ । भने एक करोड १० लाख ६१ हजार रुपैँया उत्पादन क्षमता रुपैँया रहेको छ । वंगलाचुली गाउँपालिकामा १३ वटा मिल उद्योग संचालनमा रहेको छ ।

सो गाउँपालिकामा ७१ लाख ५१ हजार रुपैँया लगानी गरिएको छ । उता शान्तिनगर गाउँपालिकामा ३५ वटा उद्योग संचालनमा रहेका छन् । जहाँ एक करोड ७४ लाख ६१ हजार रुपैँया लगानी गरिएको छ, भने दुई करोड ३६ लाख ९५ हजार रुपैँया उत्पादन क्षमता रहेको छ ।

बबई गाउँपालिकामा २९ वटा मिल उद्योग संचालनमा छन् । एक करोड ४५ लाख ११ हजार रुपैँया लगानी र ९४ लाख ७२ हजार रुपैंया क्षमता रहेको छ । दंगीशरण गाउँपालिकामा २९ वटा मिल उद्योग संचालित रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

दंगीशरणमा एक करोड ५३ लाख ७६ हजार रुपैँया कुल लगानी गरिएको छ । भने एक करोड ९४ लाख ८९ हजार रुपैँया उत्पादन क्षमता रहेको जानकारी गराइएको छ । उद्योग अधिकृत वलीले जिल्लामा कुटानी तथा पिसानीका लागि मिल उद्योग स्थापना हुने क्रम बढ्दो भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*